आईपीएलमा मुम्बईको तेस्रो जित



चेन्‍नई सुपर किङसलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इण्डियन्सले तेस्रो जित निकालेको छ ।

बिहीबार राति चेन्‍नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

मुम्बईको जितमा तिलक वर्माले सर्वाधिक ३४ रन बनाए । चेन्‍नईका मुकेश चौधरीले ३ विकेट लिए ।

त्यसअघि मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्‍नईले १६ ओभरमा सवै विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।

चेन्‍नईका कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ३६ रन बनाए । मुम्बईका डानिल साम्सले ३ विकेट लिए ।

जितसँगै मुम्बईले १२ खेलमा ६ अंक जोडेर पुछारमा छ । चेन्‍नई १२ खेलबाट ८ अंक जोडेर नवौं स्थानमा छ ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

१९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट

एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल वर्षाले अबरुद्ध भएको छ। श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा

नेपाल भेट्रान्स टिम खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आएको कुवेतको भेट्रान्स क्रिकेट टिम कुवेत बादशाह क्रिकेट क्लबले विजयी सुरुवात

यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको