English

आईपीएलमा मुम्बईको तेस्रो जित



चेन्‍नई सुपर किङसलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इण्डियन्सले तेस्रो जित निकालेको छ ।

बिहीबार राति चेन्‍नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

मुम्बईको जितमा तिलक वर्माले सर्वाधिक ३४ रन बनाए । चेन्‍नईका मुकेश चौधरीले ३ विकेट लिए ।

त्यसअघि मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्‍नईले १६ ओभरमा सवै विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।

चेन्‍नईका कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ३६ रन बनाए । मुम्बईका डानिल साम्सले ३ विकेट लिए ।

जितसँगै मुम्बईले १२ खेलमा ६ अंक जोडेर पुछारमा छ । चेन्‍नई १२ खेलबाट ८ अंक जोडेर नवौं स्थानमा छ ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested