English

कपाल सुरक्षा गर्ने ८ अचुक उपाय



लामो र स्वस्थ कपाल सबैलाई मन पर्छ तर कपाललाई स्वस्थ र लामो कसरी बनाउने भन्ने बिषयमा धेरैमा द्विभिदा रहेको छ । लामो र स्वस्थ कपालका बनाउन चाहने ब्यक्तिहरुलाई केही उपयोगी जानकारीहरु ।

निरु भट्टराई, ब्यूटिसियन

– कपाललाई सकेसम्म धुवाँ र धुलो बाट जोगाउने । बाहिर निस्कनु अघि कपाललाई सलले छोपेर निस्कने बानी बसाल्दा कपाललाई राम्रो गर्छ ।

– कपाललाई स्वस्थ बनाउन खानपानमा विशेष ध्यान दिने गर्नुपर्छ । सकभर सादा तथा स्वास्थवर्धक खानाहरु जस्तो – हरियो सागपात र सलाद प्रसस्त मात्रामा खाने गर्नुपर्छ ।

– हरेक पटक नुहाउनु भन्दा २ घन्टा अगाडी नरिवल वा तोरिको तेलले कपाललाई राम्ररी मसाज गर्ने ।

– कपाल तैलिय (ओईली) छ भने एक दिन बिराएर र सुख्खा छ भने हप्तामा २ पटक नुहाउनु पर्ने हुन्छ ।

– कपालमा अमलाको धुलो र मेथिलाई एक रात भिजाएर सिलौटा अथवा मिक्सरमा पिसेर पेष्ट बनाएर कपालमा लगाउने । १ घन्टा पछि चिसो पानीले कपाल पखाल्दा कपाल मुलायम हुन्छ ।

– कपालमा समय समयमा ट्रिटमेन्ट क्रिम वा कन्डिसनरको प्रयोग गर्दा कपाललाई स्वस्थ र मुलायम हुन्छ ।

– यदि कपाल फुल्ने समस्या छ भने ध्यूकुमारी (एलोभेरा)को पेस्ट कपालको जरामा पुग्ने गरेर नियमित केही समय लगाउदा कपाल फुल्ने तथा टुक्रने समस्या कम हुदैं जान्छ ।

– कपाल भिजेको अवस्थामा कपालमा काइयो वा ब्रसको प्रयोग गर्नु हुदैंन । यसले कपाल झर्ने समस्या निम्त्याउन सक्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested