गुल्जार हुने दरवारमार्ग (फोटो फिचर)



दरवारमार्ग सधै साँझको समय गुल्जार हुने गर्छ । वरीपरीका रेष्टुरेन्टबाट आउने संगीतको ताल र सडक वारपार सजाइएका झिलिमिली बत्तिले बाटोमा हिड्ने बटुवालाई आफु कुनै मेहफिलमा पुगेको आभाष गराउँछ । अझ ब्राण्डेड पसलहरूको ढोकामा राखिएका सुन्दर पुतली (मानिकेन)हरूले त धेरैलाई आफुलाई नै हेरिरहेको वा बोलाईरहे झै बनाउँछ ।

कान्तिपुर सहरमा साँझको समय गुल्जार हुने बिभिन्न सडकमध्ये दरवारमार्ग अहिले एक्लो झै भएको छ । छेवैमा रहेको ठमेल कोरोनाका कारण पर्यटक पातलिन थालेपछि बेलैमा शान्त हुन थालेको धेरै भैसक्यो ।

भाइरसको संत्रास निरन्नतर रहेपनि नयाँ बर्षको अघिल्लो रात दरवारमार्गले धेरैलाई २०७७ सालको पिडा बिर्सायो । रेष्टुरेन्ट, डिस्को, पब आदीले ग्राहकको दिल खोलेर स्वागत गरे । कोरोनाको त्रासबाट उकुसमुकुस भएका कान्तिपुरबासीले निर्धक्क २०७८ साललाई स्वागत गर्दै घर फर्किए । यसरी मदहोसीमा घर फर्किनेहरूको मनमा एउटै कुरा खेलिरहेकै हुनुपर्छ– २०७८ साल २०७७ जस्तो संत्रासमय नहोस् ।

तस्विरहरूः महेश प्रधान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई