English

जिम्बावे ‘ए’ ले नेपाललाई दियो २१४ रनको लक्ष्य



तेस्रो तथा निर्णायक एकदिवसीयमा जिम्बावे ‘ए’ ले नेपाललाई २१४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जिम्बावे ३२.१ ओभरमा २१३ रनमा अलआउट भयो।

गए रातिको वर्षाका कारण मैदान हिलो भएकाले टस हुन ढिलाइ भएपछि खेल ३३ ओभरमा झारिएको थियो।

जिम्बावेका लागि ओपनिङ ब्याट्सम्यान मारूमानीले ५० रन जोडे। उनले ३१ बलमा ७ चौका र २ छक्का हिर्काए। माउजेले ३९ रन र रोए काइयाले ३६ रन जोडे। कप्तान टोनी मुन्योङ्गाले २४ रनको योगदान दिए भने लुक जोङ्गेले १९ रन बटुले।

बलिङमा किशोर महतोले ५ विकेट लिए। उनले ७ ओभरमा ४३ रन दिए। सोमपाल कामीले २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे।

यसअघि पहिलो एकदिवसीयमा जिम्बावे र दोस्रोमा नेपाल विजयी भएका थिए। जसका कारण यो खेल निर्णायक छ।

यसअघि भएको टी–२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो।

नेपालले आगामी महिना अमेरिकामा हुने आइसिसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत घरेलु टिम अमेरिका र ओमानविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि जिम्बावेसँग खेलेको हो।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested