English

यी हुन् २०७७ मा नेपाल आएका भिआइपी



नेपालमा कुनै राजनीतिक हलचल हुँदा होस् या कुनै ठूला योजनाको सुरुवाती चरण, समीक्षा गर्न आइपुग्छन् विदेश पहुनाहरू । २०७७ सालमा कोरोना महामारीमा ६ महिना लकडाउन भयो । छिमेकी राष्ट्रहरूसंगको नाका बन्द भयो । लकडाउन खुलेपछि नेपालमा छिमेकी राष्ट्रबाट को–को, किन र कहिले आए नेपाल ?

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला मंसिर ११ गते दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका थिए । उनी परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा आएका थिए । उनले राजनीतिक नक्सा र सीमाङ्कनको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रभानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग भेटवार्ता गरेका थिए ।

चिनियाँ रक्षामन्त्री वे फङ्ख

चिनियाँ स्टेट काउन्सिलर तथा मन्त्री जनरल (रक्षामन्त्री) वे फङ्ख मंसिर १४ गते एक दिने नेपाल भ्रमणमा आएका थिए । उनी तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको निम्तोमा नेपाल आएका थिए । चिनियाँ रक्षामन्त्री वेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासंग भेटवार्ता गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीको बेला–बेला भएको राजनीतिक विवाद मिलाउन, अमेरिकासंग भएको बृहत् अनुदान सम्झौता मिलेनियम च्यान्लेज संझौता (एमसीसी) र रणनीतिको बारेमा महत्व राखेको विश्लेषकले उल्लेख गरेका थिए ।

‘रअ’का प्रमुख सामन्त कुमार गोयल

भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्त कुमार गोयल कार्तिक ५ गते नेपाल आएका थिए । उनी नेपाल आएको परराष्ट्र मन्त्रालयलाई समेत जानकारी थिएन । तर प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको शिष्टाचार भेट भएको कुरा प्रधानमन्त्रीका प्रेस सल्लाहकारले पुष्टि गरेपछि यसले एउटा तरङ्ग निम्त्याएको थियो । यसैगरी विभिन्न पार्टीका शीर्ष नेताहरूलाई भेटवार्ता गरेका कुराहरू अपुष्ट भएपछि विभिन्न टीकाटिप्पणी भएका थिए ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ मा तीन दिने नेपाल भ्रमणमा आएका थिए । नेपाल र भारतबीचको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन नेपाल भ्रमण आएका थिए । उनी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रधानमन्त्री केपी शर्मा ओली र उच्च सैनिक अधिकारीहरूसंग भेटवार्ता गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।

बहराइन राजकुमार शेख नासेर बीन हमाद अल खलिफा

बहराइन राजकुमार शेख नासेर बीन हमाद अल खलिफा कार्तिक ६ गते नेपाल आएका थिए । उनीसहित १८ जना नेपालमा सगरमाथा चढ्ने आवश्यक अभ्यासका लागि मनास्लु आरोहण गर्न आएका थिए । उनी नेपाल आउँदा दुई हजार डोज कोरोना खोप ल्याएर आए र नेपालले अनुमति नदिएपछि उनी विवादमा आएका थिए ।

चीनका उच्च अधिकारी टोली

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्टिय विभागका उपमन्त्री गुओ येचौ, महानिर्देशक छुई यान सहितको चार सदस्यीय टोली पुस १२ गते नेपाल भ्रमण आएको थियो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका उच्च नेतासँग राजनीतिबारे छलफल गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली