नेपाल टस जितेर फिल्डिङ गर्दै



नेपाल भ्रमणमा रहेको जिम्बाब्बे ‘ए’ र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल सोमबार हुँदै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस जितेर फिल्डिङ गर्ने भएको छ । भ्रमणकारी टोली जिम्बाब्बे भने सुरुवाती ब्याटिङ गर्नेछ ।

खेल निर्घारित समय अनुसार ९ बजे हुनु पर्ने थियो । तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र भएको थियो ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार खेल ३३ ओभरको हुनेछ ।

नेपाल र जिम्बाब्बे ‘ए’ बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ ।

पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो ।

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ । यता जिम्बाब्बे भने शृंखला जित्दै भ्रमय सुखमय बनाउन चाहन्छ ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल वर्षाले अबरुद्ध भएको छ। श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा

नेपाल भेट्रान्स टिम खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आएको कुवेतको भेट्रान्स क्रिकेट टिम कुवेत बादशाह क्रिकेट क्लबले विजयी सुरुवात

यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु