English

नेपाल र जिम्बाब्बे ‘ए’ बीचको निर्णायक खेल ३३ ओभरको हुने



नेपाल भ्रमणमा रहेको जिम्बाब्बे ‘ए र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल सोमबार हुँदै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल निर्धारित समय अनुसार ९ बजे हुनु पर्ने थियो । तर, राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार टस १२ बजे हुनेछ भने खेल साढे १२ बजे सुरु हुनेछ । यस्तै खेल ३३ ओभरको हुने जनाइएको छ ।

नेपाल र जिम्बाब्बे ‘ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ ।

पहिलो खेलमा जिम्बाब्बे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो ।

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ । यता जिम्बाब्बे भने शृंखला जित्दै भ्रमय सुखमय बनाउन चाहन्छ ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का