English

२०७७ सालमा कुन-कुन वस्तुमा भयो अधिक मूल्य वृद्धि



कोभिड १९ को महामारीमा संसार नै त्रासमा रह्यो । महामारीको समयमा कति त भोकभोकै बस्न बाध्य भए । ब्यापारीहरुले कोरोना महामारीको समयमा बजारमा मूल्य वृद्धि, ठगी, कालोबजारी गर्न छाडेनन् । मूल्यवृद्धिका साथसाथै गुणस्तरहीन समानमा नयाँ लेबल टाँसेको घटना सार्वजनिक भए । २०७७ सालमा अधिक मूल्य वृद्धि भएका वस्तु के-के रहे ?

खानेतेल

खानेतेलमा दुई सयसम्म मूल्यवृद्धि भएको छ । छ महिना अघि भट्मासको तेल प्रतिलिटर १ सय ७० रुपैयाँ रहेकोमा ढेड महिनाअघि प्रतिलिटर २ सय ५ रुपैयाँ पुग्यो । कच्चा पदार्थको मूल्य बढ्नुका साथै उत्पादन लागत बढेकाले मूल्य बढाएको व्यवसायीले बताएका छन् । खानेतेलमा वास्तविक मूल्यभन्दा अत्याधिक मूल्य वृद्धि भएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् ।

पेट्रोलियम पदार्थ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पटक–पटक वृद्धि गरेको छ । नेपाल सरकारको नियमअनुसार १५ दिनमा एक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने नीति छ । तर १५ दिनमा ४ पटकसम्म मूल्य मूल्यवृद्धि भएको बानियाँ बताउँछन् । यही चैत्र २२ गते पेट्रोल, डिजेल र मट्टितेल प्रति लिटर २ रुपैयाँ वृद्धि भएर पेट्रोल १ सय २० रुपैयाँ र डिजेल तथा मट्टितेल १ सय ३ रुपैयाँ निर्धारण गरिएको छ ।

फागुन ४ र फागुन १७ तथा माघ ६ र माघ २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको थियो ।

खानेपानी

खानेपानीको महशुल पनि अत्याधिक बढेको बताउँछन् उपभोक्त हित संरक्षण मञ्चका सचिव हरि मैनाली । उनका अनुसार सरकारकै मिलेमतोमा नै पानीको मूल्य वास्तविक मूल्यभन्दा बढी भएको हो । नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत साउनमा जारको प्रशोधित खानेपानीको अधिकतम खुद्रा मूल्य ५० र बोटलमा पाइने प्रशोधित खानेपानीको मूल्य १६ रुपैयाँ निर्धारण गरेको थियो ।

असोज २२ गते पानी फ्याक्ट्रीले नै प्रतिजार ४० रुपैयाँ मूल्य निर्धारण गरेपछि फ्याक्ट्रीबाट प्रतिजार ४० मा किनेको पानी व्यापारीले प्रतिजार ५० रुपैयाँ र घरमा पुर्याएको ६० रुपैयाँ प्रतिजार बिक्री गरेका थिए । त्यसैगरी थोक ब्यापारीले बोटलको पानी डेढ सय रुपैयाँ प्रतिकार्टुन किनेर उपभोक्तासम्म पुग्दा १ सय ७० रुपैयाँ प्रतिकार्टुन पुगेको थियो । जबकि यसअघि बोटलको पानी प्रतिकार्टुन १ सय ३० रुपैयाँ थियो ।

तरकारी

२०७७ सालमा अधिक मूल्य वृद्धि भएको मध्ये तरकारी पनि हो । गत ६ महिनामा मटरको दोब्बर मूल्य वृद्धि भएको छ । ६ महिना अगाडि हरियो मटरको मूल्य प्रतिकिलो ७० र सेतो मटर ६० थियो भने हाल हरियो मटरको १ सय ४० र सेतो मटरको मूल्य १ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ । आन्तरिक र भारतीय उत्पादन नभएर तेस्रो मूलुकबाट आयात हुने भएकाले यसको मूल्य दोब्बर वृद्धि भएको व्यापारी बताउँछन् । मटर नेपालमा सबैभन्दा बढी बंगलादेशबाट आयात हुन्छ ।

गएको वर्ष टमाटर, आलु र प्याजको मूल्य अकासिएको थियो । बन्दाबन्दी अगाडि प्रतिकिलो ४५ रुपैयाँ रहेको टमाटरको मूल्य ३० देखि ५० रुपैयाँ वृद्धि भएर १ सय ५० रुपैयाँसम्म प्रति किलो पुगेको थियो । यसैगरी प्रतिकिलो ४५ देखि ५० रुपियाँ पर्ने आलुको मोल दोब्बर वृद्धि भएर १ सय देखि २ सय रुपैयाँ प्रतिकिलो पुगेको कालीमाटी तथा तरकारी फलफूल बजार विकास समितिका वरिष्ठ अधिकृत मनोज धितालले बताए ।

धितालका अनुसार भदौमा तेस्रो सातासम्म प्रतिकिलो ४५ देखि ५० रुपैयाँ पर्ने प्याजको मूल्यमा चौथो साता दोब्बर मूल्य वृद्धि भएर १ सय रुपैयाँ पुगेको थियो । असोज १ मै थोक मूल्य १ सय १० वृद्धि भएपछि खुद्रा मूल्य १ सय ५० देखि २ सय पुगेको थियो । यसरी तरकारीको मोल तेब्बरसम्म वृद्धि भएको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत कात्तिकमा मात्र मूल्यवृद्धि गर्ने सरकारको लक्ष्य रहेपनि राष्ट्र बैंकले मूल्यवृद्धि सीमाभित्र राख्न नसकेपछि बजारमा महँगी बढेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ६ महिनाको तथ्याङ्कअनुसार मूल्यवृद्धि ६.८२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ४.५८ प्रतिशत थियो । चालु आर्थिक वर्षको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि बढेर १०.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.२५ प्रतिशत मूल्यवृद्धि भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,