जिम्बावे ‘ए’लाई १३७ रनको लक्ष्य



जिम्बोवे ‘ए’विरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा १३६ रनमा अलआउट भयो ।

जिम्बावे ‘ए’ का बलरको धारिलो बलिङ सामु नेपाली ब्याटरले खुलेर खेल्न सकेनन् ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । छैठौं नम्बरमा ब्याटिङ गरेका उनले ७० बल खेल्दा २ चौका र १ छक्का प्रहार गरे ।

करण केसीले ३६ बल खेल्दै ३ चौका मद्दतमा २५ रन बनाए । सोमपाल र करणले आठौँ विकेटका लागि ३७ रनको साझेदारी गरे ।

ओपनर कुशल भुर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए । पहिलो ओभरमै ३ चौकासहित १४ रन जोडेका कुशलले १० बल खेल्दै कुल चार चौका प्रहार गरे । दीपेन्द्रले २० बल खेल्दै ३ चौका प्रहार गरे ।

आसिफ शेख र आरिफ शेख समान ५ रन बनाएर आउट भए भने रोहित पौडेलले ३ तथा आदिल आलमले २ रन बनाएर आउट भए । यस्तै कप्तान सन्दीप ४ रन बनाएर आउट हुँदा सुशन भारीले खाता खोल्न सकेनन् ।

जिम्बावेका ब्राड एभान्सले सर्वाधिक ४ विकेट लिए । यस्तै भिक्टोर न्याउची, ब्राण्डन मभुता र सेफास जुवायो २–२ विकेट लिए ।

यसअघि तीन खेलको टी–२० शृंखला बराबर भएको थियो । पहिलो खेलमा जिम्बावे ए विजयी हुँदा दोस्रो खेल वर्षाका कारण रद्ध भएको थियो । तेस्रो खेलमा नेपालले ८ विकेटले जितेको थियो ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल वर्षाले अबरुद्ध भएको छ। श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा

नेपाल भेट्रान्स टिम खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आएको कुवेतको भेट्रान्स क्रिकेट टिम कुवेत बादशाह क्रिकेट क्लबले विजयी सुरुवात

यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु