यस्तो बनाउनुस् आफ्नो स्किन केयरको रुटिन



शर्मिला खड्का, मेकअप आर्टिस्ट

दैनिक छालाको हेरचाह गर्दा आफ्नो अनुहारको छाला कस्तो किसिमको छ भन्ने कुरा थाहा पाउनु अत्यन्त आवश्यक हुन्छ । सामान्यतय अनुहारको छाला ३ प्रकारको हुन्छ । सुख्खा, तैलिय र कम्बिनेसन छाला । छालाको प्रकार अनुसार स्किन केयर रुटिन पनि फरक फरक किसिको हुन्छ ।

तैलिय छाला

– तैलिय छाला भएकाहरूले सेलिसिलिक एसिड प्रयोग भएको क्लिन्जरले बिहान र बेलुका दुई पटक क्लिन्जिङ गर्नु पर्छ । क्लिन्जिङ गर्दा मुहारमा भएको फोहोर हट्छ र अनुहार सफा हुन्छ ।

– क्लिन्जिङ गरिसकेपछि टोनर लगाउनुपर्छ । यसले अनुहारमा भएको प्रोस् कम गर्नुको साथै छालामा पि.एच.ए लाई ब्यालेन्स गर्छ ।

– छालामा सेरमको प्रयोगले एक्ने तथा पिम्पल कम हुदै जाने हुदाँ नाइसेनामाईड युक्त सेरमको प्रयोग गर्दा राम्रो हुन्छ ।

– सेरमको प्रयोग पछि लाइट वेट भएको मोस्चराईजरको प्रयोग गर्ने । तैलिय छालामा आफै तेल आउने र छाला चिपचिप हुने हुदाँ क्रिम बेस मोस्चराईजर प्रयोग गर्नु हुदैन ।

– स्किन केयरमा छुटाउनै नहुने साधन भनेको सनब्लक हो । सामान्यतय एसपिएफ ५० भन्दा माथिको सनब्लक प्रयोग गर्नु राम्रो हुन्छ । यस्ले छालालाई घामबाट जोगाउनुको साथै विभिन्न छाला सम्बन्धि समस्याहरुबाट समेत जोगाउछ ।

सुख्खा छाला

– सुख्खा छाला भएकाहरुले दिनमा एकपटक मात्र क्लिन्जिङ गर्नुपर्छ ।

– सुख्खा छाला भएकाहरुका लागि भने सेरम अप्सनल हुन्छ । सुख्खा छाला भएकाहरुको अनुहारमा प्रोस् कम हुने हुदाँ टोनरको प्रयोग नगर्दा पनि हुन्छ ।

– छालालाई हाईड्रेड गर्ने खालको हयालरोनिक ऐसिड प्रयोग भएको सेरम सुख्खा छाला भएकाहरुले प्रयोग गर्नु पर्छ । सेरमले अनुहारमा भएको एक्ने, दाग धब्बाहरुलाई कम गर्ने हुनाले सुख्खा छाला भएकाहरुले पनि सेरमको प्रयोग गर्नु पर्छ ।

– छाला सुख्खा भएकाहरुले क्रिम बेस भएको मोस्चराईजरको प्रयोग गर्नुपर्छ । क्रिमबेस भएको मोस्चराईजरमा प्रशस्त मात्रामा मोस्चर हुने भएकोले यसले छालालाई सुख्खा हुनबाट जोगाउछ ।

– सनब्लकको प्रयोग सबै प्रकारका स्किनले गर्नुपर्ने हुन्छ । सुख्खा छाला भएकाहरुले क्रिम बेस भएको सनब्लकको प्रयोग गर्दा राम्रो हुन्छ । सनब्लक एसपिएफ ५० भन्दा माथिको भए राम्रो हुन्छ ।

– सुख्खा छाला भएकाहरुले छालाको मोस्चरको लागि आल्मन्ड ओइलको पनि प्रयोग गर्दा राम्रो हुन्छ ।

कम्बिनेसन छाला

– अनुहारको कुनै पनि एक भाग तैलिय हुनु वा सुख्खा हुनुलाई कम्बिनेसन छाला भनिन्छ । यस्तो अवस्थामा मुख्यतया (टि जोन) अर्थात निधार र नाकको भाग तैलिय हुन्छ । कम्बिनेसन छाला भएकाहरुले दिनमा दुई पटक सेलिसिलिक एसिड प्रयोग भएको क्लिन्जरले अनुहार क्लिन्जिङ गर्नुृपर्छ ।

– टोनरले अनुहारमा भएको प्रोस् कम हुने हुदाँ कम्बिनेसन छाला भएकाहरुले पनि टोनरको प्रयोग गर्नुपर्छ । यसले छालाको पि.एच.ए पनि ब्यालेन्स गर्छ ।

– सेरमको प्रयोग गर्दा सुख्खा भागमा हयालरोनिक ऐसिड प्रयोग भएको र तैलिय भागमा नाइसेनामाईड युक्त सेरमको प्रयोग गर्नुपर्छ ।



...
Raphwaype

buy cialis online reviews Remove solution quality of cyp3a4 enzyme

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

सीधा कपाल भएकाहरू आफ्नो कपाल कर्ली गर्न चाहन्छन्। अर्कोतर्फ, कपाल कर्ली भएका हरूलाई आफ्नो कपाल स्ट्रेट गर्न धेरै गाह्रो हुन्छ।

महिलाहरू प्रायः कपडाको बारेमा अन्योलमा हुन्छन्, उनीहरू अफिसको लागि उपयुक्त कुन पोसाक किन्ने भनेर सोचिरहन्छन्। यदि तपाईँको दिमागमा पनि यस्तै