English

जिम्बावे ‘ए’ माथि नेपालको सानदार जित



१ सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाउँदै पुरा गरेको छ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ८७ रन बनाए। ३४ बलमा ८ चौकासहित अर्धसतक पुरा गरेका उनले ५४ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे।

पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९.३ ओभरमा ८८ रनको साझेदारी गरेका थिए।

कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए। त्यसपछि क्रिजमा आएका बसिर अहमदले १५ बलमा १० रन बनाए।

त्यसअघि टस हारेर टियु मैदानमा ब्याटिङ गरेको जिम्बावे ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो।

उसका लागि रोय कैयाले सर्वाधिक ४९ रन बनाए। टडिवानाशे मरूमानी २७, यस्तै ल्यूक जांगवेले २३ रन जोडे। ओपनर इनोसेन्ट कैयाले १४ तथा टोनी मन्योङ्गा २ रन बनाए।

पाहुना टोलीलाई सस्तैमा रोक्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए। सोमपाल कामी र बसिर अहमदले समान १-१ विकेट लिए।

टी-२० सिरिजमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भारी वर्षाको कारण रद्द भएको थियो। तेस्रो खेल जितेसँग नेपालले श्रृंखला बराबरी गरेको हो।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested