English

यात्रु मैत्री अटो रिक्सा



भारतको राजधानी दिल्लीका अटोरिक्सा चालक महेन्द्र कुमारले आफ्ना यात्रुहरूलाई चिसो राख्न अनौठो जुक्ति निकालेका छन् । देशमा चर्को गर्मीको मौसममा कुमारले आफ्नो अटोरिक्साको छतमा बगैंचा स्थापना गर्दैछन् ।

भारतको मौसम विभागले उत्तरको अधिकांश भागमा ताप लहरको चेतावनी दिएको छ र मे ३ मा दिल्लीमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

राजधानीमा ४५ डिग्री सेल्सियसबीच छतमाथिको बगैैचाले उनको गाडीलाई चिसो राख्छन् । ४८ वर्षीय कुमारको ‘मुभिङ गार्डेन’ ले अटोरिक्सभित्र यात्रा गर्दा फोटो वा भिडियो खिच्ने ग्राहकहरूलाई आकर्षित गरिरहेको छ ।

फ्रान्सेली समचार संस्था एएफपीसँगको एक अन्तवार्तामा कुमारले भने, ‘लगभग दुई वर्ष पहिले मलाई गर्मीको मौसममा यो विचार आएको थियो । मैले छतमा केही बिरुवाहरू हुर्काए यसले मेरो अटोलाई चिसो राख्छ र यात्रुहरूलाई गर्मीबाट राहत दिन्छ ।’

नयाँ दिल्लीका सडकहरूमा पहेँलो र हरियो अटोरिक्सा जताततै भए पनि कुमारको गाडीभित्र दुई वटा मिनी कुलर र फ्यानहरू जडान गरेकाले फरक देखिन्छ । तीन सन्तानका पिता कुमारले ग्राहकलाई गरेको आफ्नो उत्कृष्ट सेवाका कारण थप टिप्स पाएको बताउँछन् ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली