English

शिवलिङ्गमा चिसो वस्तु किन चढाइन्छ ?



यही फागुन १७ गते बिहीबार महाशिवरात्रि परेको छ । यो शिव पूजाको महान् पर्व हो । शिवलाई भोलेनाथ पनि भनिन्छ । भक्तजनले हरेक दिन कमलसहित शिवलिङ्गमा जल चढाएमा भगवान् शिवको कृपा प्राप्त हुने जनविश्वास छ । भगवान् शिवलाई जलाभिषेक गर्ने महत्त्व अपार छ। विशेषगरी शीतल वस्तुहरू जस्तै जल, दूध, दही, घ्यू आदि शिवलाई चढाइन्छ ।

ज्योतिष पण्डित मनिष शर्माका अनुसार जलाभिषेक भनेको शिवलाई पानीले स्नान गर्नु हो । शिवको एउटा नाम रुद्र पनि हो । त्यसैले जलाभिषेकलाई रुद्राभिषेक पनि भनिन्छ । शिवलिङ्गलाई सुन, चाँदी वा तामाको भाँडोबाट जल चढाउनुपर्छ । शिवलिङ्गमा स्टिल, आल्मुनियम वा फलामको भाँडोबाट जल चढाउनु हुँदैन ।

भाँडामा पानी भरेर शिवलिङ्गमा पातलो धारा अर्पण गर्नुहोस् । शिवलिङ्गमा जल तथा शीतल वस्तु चढाउने चलन समुद्र मन्थनसँग सम्बन्धित छ । शीतलताका लागि शिवजीले आफ्नो शिरमा चन्द्रमा धारण गर्छन् ।

प्राचीन कालमा देवता र दानवहरूले मिलेर समुद्र मन्थन गरेका थिए । समुन्द्र मन्थनमा कौस्तुभ मणि, कल्पवृक्ष, ऐरावत हात्ती, उच्छरेव घोडा, महालक्ष्मी, धन्वंतरी, अमृत कलश जस्ता १४ रत्न निस्किए तर सबै रत्नभन्दा अगाडि हलहल नामको विष निस्कियो । हलहल विषका कारण ब्रह्माण्डका सबै प्राणीको जीवन खतरामा परेको थियो । त्यसबेला शिवले यो विष पिए तर विषलाई घाँटीसम्म जान दिएनन् । विषका कारण शिवको घाँटी नीलो भयो र उनको एउटा नाम नीलकण्ठ थियो ।

विषको प्रभावले शिवको शरीरमा जलन भएको थियो । गर्मी बढेको थियो । यो गर्मीबाट छुटकारा पाउन शिवलाई चिसो जल चढाउने चलन सुरु भएको छ । भोलेनाथलाई शीतल पार्ने चीजहरू विशेष रूपमा चढाइन्छ ताकि शिवलाई विषको तापबाट शान्ति मिलोस् ।

यसरी गर्न सकिन्छ शिवको सरल पूजा

महाशिवरात्रिमा शिवको पूजा गर्नुहोस् । यदि ब्राह्मण वा पण्डितबिना पूजा गर्न चाहनुहुन्छ भने यहाँ उल्लेख गरिएको सरल विधिले पूजा गर्न सक्नुहुन्छ । पहिले गणेशको पूजा गर्नुहोस् र त्यसपछि तामा, चाँदी वा सुनको भाँडोबाट शिवलिङ्गमा जल चढाउनुहोस्।

जल अर्पण गर्दा शिवको मन्त्र जप गर्नुहोस् । शिवलिङ्गमा जल, दूध, दहीको साथसाथै मह चढाउनुपर्छ । यसरी अभिषेक गरेपछि शिवलिङ्गमा बेलपत्र, धतुरा, फूल आदि चढाउनुहोस् । मिठाई चढाउनुहोस् । धूप र दीप प्रज्वलन गरेर आरती गर्नुहोस् । ओम नमः शिवाय शिवमन्त्र जप गर्न पनि सकिन्छ ।

यो पनि
रुद्राक्ष धारण गर्दा अपनाउनुहोस् यी नियम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested