English

जहाँ सित्तैमा यात्रा गर्छन् मानिसहरू



भारतीय रेलवे विश्वको चौथो ठुलो रेल नेटवर्क र एसियामा दोस्रो ठुलो रेल नेटवर्कमा पर्छ । भारतमा कुल रेलवे स्टेसनहरूको सङ्ख्या लगभग ८००० छ ।

सस्तो र आरामदायी हुने भएकाले धेरै मानिसहरू रेल यात्रा गर्न रुचाउँछन् । रेलमा यात्रा गर्दा भाडा तिर्न त पर्छनै ! तर, भारतमा एउटा यस्तो रेल छ जसमा मानिसहरू बिना टिकट यात्रा गर्छन् । यो कुरा पहिलो पटक सुन्ने जो कोहीलाई झट्ट विश्वास न लाग्न सक्छ, तर यो सत्य हो ।

यो रेल भाखडा–नागल बाँध हेर्नेहरूका लागि चलाइएको हो । उक्त रेल हिमाचल प्रदेश र पन्जाबको सीमामा पर्ने नागल र भाकराको बिचमा चल्छ । जानौँ यो विशेष ट्रेनको बारेमा…

भाखडा नागल बाँध हेर्न जानेहरूले यो रेलबाट निःशुल्क यात्रा गर्न सक्नेछन् । यस रेलको विशेषता भनेको कोचहरू काठले बनेका छन् जसमा टी टी छैन । यो रेल डिजेलमा चल्छ र दैनिक ५० लिटर तेल खपत हुन्छ ।

भारतको यो स्पेसल रेलमा पहिले १० डब्बा हुने गर्दथ्यो तर अहिले तीन वटा मात्रै छन् । जसमा पर्यटकका लागि एउटा कोच र महिलाका लागि एक डब्बा आरक्षित गरिएको छ ।

यो रेलमा मानिसहरूलाई निःशुल्क यात्रा गराउने उनीहरूको उद्देश्य छ । मानिसहरूले भाकरा नागल बाँध हेर्न सकुन् भनेर रेलबाट निःशुल्क यात्रा गराइन्छ ।

यो रेल भाकरा ब्यास व्यवस्थापन बोर्डले सञ्चालन गर्छ । रेल चलाउन पहाड काटेर ट्र्याक बनाइएको थियो ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested