जिम्बाबेविरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा



जिम्बाबे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । शुक्रबार मुख्य प्रशिक्षक पुबुदु दासानायकेले एकदिवसीय शृंखलाको लागि नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले नै सम्हाल्ने घोषणा गरेका छन् ।

नेपाली टिममा किशोर महतोले ‘डेब्यु’ गर्दा विकेटकिपर ब्याटर विनोद भण्डारी, सुनिल धमला र सुसन भारीले टोलीमा पुनरागमन गरेका छन् ।

नेपालले घरेलु मैदानमा १७ वैशाखदेखि जिम्बाबे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन टी-२० क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा शृंखला खेल्न लागेको हो ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, सागर ढकाल, किशोर महतो, सुनिल धमला, सुसन भारी र अदिल अन्सारी

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

युएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको छ । डकवर्थ लुईस नियम अनुसार लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा

आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले यूएईमाथि सानदार जित निकालेको छ । टियु मैदान कीर्तिपुरमा भएको खेलमा टस

बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर जेलबाट छुटेका छन्। शुक्रबार दिउँसो उनी केन्द्रीय कारागार

सुपरस्टार फुटबल खेलाडी लियोनल मेसीको १० नम्बर जर्सीमा ठाँटिदा गौरव अनुभूति गर्ने युवाहरूको लर्को हाम्रै नेपाली समाजमा पनि कम छैन