English

सबै दलको एउटै चुनावी मुद्दा : बुटवलको धुलाम्मे सडक



बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरूले बुटवलको सडक निर्माणलाई मुख्य एजेन्डा बनाएका छन् । कांग्रेसको तर्फबाट बुटवल उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार खेलराज पाण्डेले बुटवलको सडक निर्माणलाई मुख्य एजेन्डा बनाएका छन् ।

‘बुटवलको चौराहादेखि चिडियाखोलासम्मको धुलाम्मे सडक मर्मत गरी सडकलाई नमुना बनाउँछु,’ उनले भने । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकमा ८२ फुटभित्र संरचना निर्माण गरेका घरधनीले सडक विस्तारमा अवरोध गर्दा कांग्रेसका अधिकांश नेताले साथ दिएका थिए । गृहमन्त्री बालकृष्ण खाँणले पनि त्यतिबेला बुटवललाई उजाड बनाउने गरी सडक निर्माण गर्न नहुने बताएका थिए ।

अहिले स्थानीय तह निर्वाचनमा नेताहरूले आफूहरूले चुनाव जिते सडक निर्माणलाई टुंगोमा पुर्‍याउने बताएका छन् । २४ चैत २०७५ मा करिब एक सयको संख्यामा सडक आयोजनालाई सडक विस्तार नगर्नको लागि दबाब दिन आयोजनाको कार्यालय मणिग्राममा पुगेका घरधनीसँग पाण्डेसहित अन्य कार्यकर्ताहरू समेत पुगेका थिए ।

तर, सर्वोच्च अदालतले २० पुस २०७७ मा दिएकाे आदेशले सडक विस्तारको काम खुला गरिदिएपछि भने सडक क्षेत्र ओगटेर बनाइएका घरहरू भत्काउनुको साथै सडक विस्तार थालिएको थियो ।

ठेकेदारले पनि सडक बिस्तारमा राजनीति गरे, काम अघि नबढाउँदा समस्या भयो ।

साढे तीन किलोमिटरको यो सडक निर्माणको ठेक्का पाँच वर्षअघि नै द कञ्चनजंघा बिरूवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो । कम्पनीका सञ्चालक सुमित श्रेष्ठले सडक विस्तारको काम अघि नबढाउँदा बुटवलको सडक डेढ वर्षदेखि अस्तव्यस्त छ । ‘ठेकेदारले पनि सडक बिस्तारमा राजनीति गरे, काम अघि नबढाउँदा समस्या भयो,’ सडक आयोजनाका एक कर्मचारीले भने ।

संघ सरकारअन्तर्गत बन्दै गरेको सडकलाई बुटवल उपमहानगरपालिकाले बनाएन भन्दै कांग्रेसलगायत गठबन्धनका स्थानीय कार्यकर्ताहरूले उपमहानगरपालिकाको नेतृत्वको आलोचना गर्दै आएका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले चौराहदेखि गोलपार्कसम्मको सडक संघ सरकार मातहतको भएको र छिटो सम्पन्न गर्न दबाब दिनुबाहेक उपमहानगरपालिकासँग अरू अधिकार नभएको बताउँदै आएका छन् ।

बेलहिया–बुटवल सडक आयोजनाकी निमित्त प्रमुख इन्जिनियर सविता ज्ञवालीले अहिले सडकको दुवैतर्फ नालीको काम भइरहेको र ठेकेदारले अस्पताल लाइन क्षेत्रमा वैशाखभरिमा कालोपत्रे सक्ने भनेर सम्झौता गरेको बताइन् ।

यो पनि…
स्थानीय निर्वाचन : को बन्ला बुटवल उपमहानगरको मेयर ?

अवधि सकिनै लाग्दा बुटवल–नारायणगढ सडक अस्तव्यस्त



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,