English

‘लुभ्र’ : वार्षिक झण्डै एक करोडले अवलोकन गर्छन्



एउटा शहरमा कतिवटासम्म म्यूजियम (संग्रहालय) हुन सक्ला ? यसको जवाफ गणितीय हुँदैन । तर संसारमा एउटा यस्तो सहर छ, जहाँ साना–ठूला गरी २ सय भन्दा बढी म्यूजियम छन् । त्यो सहर हो, फ्रान्सको राजधानी पेरिस ।

चानचुन २ सय म्यूजियम भएको पेरिसमा संसारकै सवैभन्दा धेरैले अवलोकन गर्ने ‘लुभ्र’ पनि यहीँ छ । लुभ्र म्यूजियमको भ्रमण हरेक बर्ष झण्डै एक करोडले गर्दै आएको म्यूजियम प्रशासनले सार्वजनिक गरेको छ ।

विश्वविख्यात मोनालिसाको वास्तविक चित्रकला सजिएकाले पनि लुभ्रको महत्व बढी छ । अर्थात् यस म्यूजियम पसेपछि यो दुर्लभ चित्रकलालाई प्रत्यक्ष हेर्ने अवसर जुर्छ ।

आफैंलाई प्रश्न गर्छु– पुरातात्विक महत्वका बस्तुहरूको उरुङ लागेको हाम्रो देशमा पनि यस्तै प्रकृतिको म्यूजियम किन हुन सक्दैन ?

लुभ्रमा बुलेटप्रुफ सिसाभित्र सजिएकी छन् मोनालिसा । यति भएर पनि उनलाई नजिकवाट हेर्न पाईंदैन । सायद सुरक्षाका कारणले हुनुपर्छ केही परबाट मात्र हेर्ने व्यवस्था मिलाइएको छ ।

लुभ्रमा हजारौं चित्रकला छन् । पुरातात्विक महत्वका धेरै कलाकृति पनि त्यत्तिकै मात्रामा भुण्डिएका छन् । तर पनि अधिकांश अवलोकनकर्ताहरू केवल ३० इन्च लम्बाई र २१ इन्च चौडाईको त्यही मोनालिसाको पेन्टिङ अगाडि झुम्मिन्छन् ।

सन् १९११ मा लुभ्रबाटै चोरी भएको थियो, मोनालिसाको चित्र । भेटिनका लागि २ वर्ष लाग्यो । जब म्यूजियममा चित्र फर्केर आयो, विश्वभर यसको क्रेजको पारो ह्वात्तै चढ्यो । कुल भिजिटरमध्ये मोनालिसाकै चित्र हेर्न रुचाउनेको संख्या धेरै रहेको संग्रहालय प्रशासनको अनुभव रहेको छ ।

पाखुरा चुँडिएको अवस्थामा रहेको यिनलाई माया र सुन्दरताकी ग्रीक देवी ‘भेनस’ नाम दिइएको छ । मार्बलनिर्मित उक्त मूर्ति एलेक्जेनड्रोस एन्टिओकले १०० देखि १३० बीसीबीच बनाएको अनुमान छ ।

सन् १७९३ मा खोलिएको विशाल लुभ्र संग्रहालय ६० हजार ६ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यस म्यूजियममा पुरातात्विक महत्व बोकेका ३५ हजार बढी कलाकृति रहेका छन् । मोनालिसाबाहेक, ग्रीक मूर्तिकला ‘भेनस डे मिलो’ र ‘विङ भिक्ट्री अफ स्यामोथ्रेस’ म्यूजियमका प्रमुख आकर्षण हुन् ।

‘लुभ्र’ भ्रमणमा पुगेकाहरूलाई यी तीन महिला पात्रले आकर्षित गर्ने गरेको संग्रहालयको वेबसाईटमा उल्लेख छ । सन् १२८० मा ग्रिसको मिलोस टापुस्थित एक गुफाभित्र भेटिएको ‘भेनस डे मिलो’ परिचयविहिन नारी कलाकृति हो ।

पाखुरा चुँडिएको अवस्थामा रहेको यिनलाई माया र सुन्दरताकी ग्रीक देवी ‘भेनस’ नाम दिइएको छ । मार्बलनिर्मित उक्त मूर्ति एलेक्जेनड्रोस एन्टिओकले १०० देखि १३० बीसीबीच बनाएको अनुमान छ ।

सन् १९११ मा लुभ्रबाटै चोरी भएको थियो, मोनालिसाको चित्र । भेटिनका लागि २ वर्ष लाग्यो । जब म्यूजियममा चित्र फर्केर आयो, विश्वभर यसको क्रेजको पारो ह्वात्तै चढ्यो ।

अर्को कलाकृति ‘विङ भिक्ट्री अफ स्यामोथ्रेस’ ले समेत लुभ्रको शोभा बढाएको छ । विजयी देवीको दूतको प्रतिनिधित्व गर्ने टाउकोरहित तर पखेटासितको मूर्ति यसले जोकोहीको ध्यान खिच्छ । २ सय बीसीतिर बनेको अनुमान गरिएको र १९ औं शताब्दीमा भेटिएको उक्त मार्बलको सुन्दर कला कसको सिर्जना हो ? अझै अज्ञात छ ।

अर्थात् लुभ्रका आकर्षण धेरै छन् । माउथ पब्लिसिटी पनि अत्यन्तै राम्रो मानिन्छ । त्यसकारण संसारका कलापे्रमी त्यहाँ झुम्मिन्छन् ।

भनिन्छ, फ्रान्सको राजधानी पेरिस कलाकार र कलाप्रेमीहरूको सपनाको सहर पनि हो, जहाँ हजारौं चित्रकारहरू कला सिर्जनाका लागि तपस्या गरेर बसेका छन् ।

आफैंलाई प्रश्न गर्छु– पुरातात्विक महत्वका बस्तुहरूको उरुङ लागेको हाम्रो देशमा पनि यस्तै प्रकृतिको म्यूजियम किन हुन सक्दैन ?

शब्द/तस्बिर : निर्मल श्रेष्ठ
(पेरिसबाट फर्केपछि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती