English

कोभिड खोप लगाउनु अघि र पछि के खाने ?



पछिल्लो समय कोरोना भाइरसले नयाँ रेकर्ड बनाइरहेको छ । नेपालमा पनि दशौं हजारले खोप लगाइसकेका छन् । पहिलो चरणको खोप लगाउनेहरू अब दोस्रो चरणको खोप लगाउने क्रममा छन् । खोप सुरक्षित होस् भन्ने सबैको चाहना हुन्छ । तर, पहिलो चरणको खोप लगाउने केहीलाई खोपका कारण साइड इफेक्ट पनि देखियो ।

विज्ञहरूका अनुसार खोप प्रक्रियामा खानपिनले पनि महत्वपूर्ण भूमिका खेल्छ । स्वस्थ खानाले शरीर स्वस्थ राख्न मद्धत गर्छ । यसबाट प्रतिरक्षा प्रणाली बलियो हुन्छ र संक्रमणको खतरा कम हुन्छ । खोप लगाउनु अघि र पछि के कस्तो खानपीन गर्ने त ?

हाइड्रेटेड अवस्था

हाइड्रेटेड रहँदा अर्थात् शरीरमा पानीको मात्रा धरै हुँदा शरीर स्वस्थ रहन्छ । खास गरी खोप लगाउने समयमा हाइड्रेटेड रहनु फाइदाजनक हुन्छ । त्यसैले धरै मात्रामा पानी पिउनुहोस् अनि पानीको बढी मात्रा हुने फाइबरयुक्त फलफुलहरू सेवन गर्नुहोस् । यसो गर्नाले खोप लिएपछि हुन सक्ने साइड इफेक्टको हानीबाट बच्न सकिन्छ ।

फाइबरयुक्त खाना

ब्रिटिस जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अध्ययनअनुसार कोरोना महामारीको समयमा स्वस्थ खाना खाने बानी हुनु पनि जरुरी देखिएको छ । त्यसैले जब कोभिड १९ को खोप लगाउने निर्णय गर्नु हुन्छ, तब स्वस्थबद्र्धक खाना खाने बानी बसाल्नुहोस् । धेरै क्यालोरी भएका खानाभन्दा पनि धेरै फाइबर भएका खाना खानुहोस् । फाइबरवाला फल र जुसको सेवनले शरीरलाई स्वस्थ र साइड इफेक्ट हुनबाट जोगाउँछ ।

चिनीयुक्त खानाबाट टाढा

खोप लगाउँदा मानसिक रूपमा तन्दुरुस्त र सक्रिय रहन पौष्टिक आहारको पनि आवश्यकता छ । भिटामिन र मिनरलयुक्त दाल, ओट्स लगायतका खानाहरू खानुहोस् । जर्नल अफ क्लिनिकल स्लीप मेडिसिनमा प्रकाशित अध्ययनअनुसार स्याचसरेटेड फ्याट र अत्याधिक चिनीयुक्त खानाबाट टाढै रहनुपर्छ । यसको सेवनले तनाव र चिन्ता बढ्छ, जसका कारण निद्रासँग सम्बन्धित समस्या र रोगहरू निम्तन्छन् ।

कोभिड १९ को खोप लिनुभन्दा पहिला र लिएपछि आफ्नो डाइटसँग कुनै सम्झौता नगरौँ । विज्ञहरूको अनुसार खोप लिएपछि हुने बेहोशी पनि एक साइड इफेक्ट मानिएकोे छ, जसलाई पौष्टिक खाना सेवन गरेर ठिक गर्न सकिन्छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार प्रशस्त पानी तथा स्वस्थ र सन्तुलित आहारको सेवनले बेहोशी र तनावको लक्षणलाई कम गर्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

Latest










Popular
Suggested