English

सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि कोभिड खोप



काठमाडौं– सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३० चैतमा बसेको सचिव स्तरीय बैठकले सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि खोप लगाउने निर्णय गरेको हो ।

उक्त बैठकले अहिले कोभिड खोप (भेरोसेल) अभियानलाई ५ बैशाखसम्म निरन्तरता दिने र हाल सञ्चालित कोभिड खोप अब ४० देखि ५९ वर्ष उमेरसमूहका मानिसलाई पनि लगाइने निर्णय भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए ।
चीन सरकारबाट अनुदानमा पाएको कोभिड–१९ विरुद्धको भेरोसेल खोपलाई सरकारले २५ चैतबाट लगाउन सुरु गरेको थियो ।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।बाढीबाट भएको

विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । लाइका

कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशनएवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल (राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम