English

घरमै छालालाई आकर्षक बनाउने तरिका



जाडो मौसममा छालामा विभिन्न किसिमका समस्याहरु देखापर्ने गर्छ । कोरोना संक्रमण फैलने डरले गर्दा अधिकांश ब्यक्तिहरु छालाको हेरचाहका लागि ब्यूटिपार्लर वा स्किन केयर हस्पिटल जाने अवस्थामा छैनन् । यस्तो अवस्थामा घरमै बसेर पनि छालाको हेरचाह गर्न सकिन्छ ?

जाडोमा अधिकांशको छाला सुख्खा हुने गर्छ भने ओठ र कुर्कुच्चा फुट्ने लगायतका विभिन्न समस्याहरु देखा पर्छन् । छालाको सुख्खापन हटाउनका लागि बढि मात्रामा चिल्लो पदार्थ प्रयोग भएको मोस्चराईजरको प्रयोग गर्नु पर्ने हुन्छ । यो मौसममा पानी पिउन मन नलागेपनि प्रसस्त मात्रामा पानी पिउनुका साथै अन्य केही कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

सुख्खा छालाका लागि

– यदी शरीरको छाला सुख्खा किसिमको छ भने चिल्लो पदार्थ भएको मोस्चराईजर दिनको २ पटक लगाउने गर्नुपर्छ ।

– घरमा तयार पारिएको केमिकल रहित नरिवलको तेल राति सुत्नु अघि छालामा दलेर मसाज गर्दा छालालाई राम्रो गर्छ ।

– कम्तिमा पनि सातामा एकपटक किन्जिङ मिल्कले सफाई गर्नुपर्छ ।

– घाममा निस्किनु अघि एसपिएफ ३० देखि ५० सम्म भएको सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ ।

– नुहाए पछि तोरीको तेलले पुरा शरिर मलिस गर्नु राम्रो हुन्छ ।

तैलिय छालाका लागि

– नियमित खाने खानामा चिल्लो र पिरोको मात्रालाई कम गर्ने ।

– तैलिय छालाको लागि सुख्खा छालाको तुलनामा कम चिल्लो भएको मोस्चराईजर प्रयोग गर्ने ।

– सातामा कम्तिमा एकपटक बाफ लिने ।

– चिल्लो रहित फेसवास तथा क्रिमको प्रयोग गर्ने ।

– तैलिय छाला हुनेले कम्तिमा पनि हप्तामा २ देखि ३ पटक क्लिन्जिङ गर्नु राम्रो हुन्छ ।



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested