English

घरमै छालालाई आकर्षक बनाउने तरिका



जाडो मौसममा छालामा विभिन्न किसिमका समस्याहरु देखापर्ने गर्छ । कोरोना संक्रमण फैलने डरले गर्दा अधिकांश ब्यक्तिहरु छालाको हेरचाहका लागि ब्यूटिपार्लर वा स्किन केयर हस्पिटल जाने अवस्थामा छैनन् । यस्तो अवस्थामा घरमै बसेर पनि छालाको हेरचाह गर्न सकिन्छ ?

जाडोमा अधिकांशको छाला सुख्खा हुने गर्छ भने ओठ र कुर्कुच्चा फुट्ने लगायतका विभिन्न समस्याहरु देखा पर्छन् । छालाको सुख्खापन हटाउनका लागि बढि मात्रामा चिल्लो पदार्थ प्रयोग भएको मोस्चराईजरको प्रयोग गर्नु पर्ने हुन्छ । यो मौसममा पानी पिउन मन नलागेपनि प्रसस्त मात्रामा पानी पिउनुका साथै अन्य केही कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

सुख्खा छालाका लागि

– यदी शरीरको छाला सुख्खा किसिमको छ भने चिल्लो पदार्थ भएको मोस्चराईजर दिनको २ पटक लगाउने गर्नुपर्छ ।

– घरमा तयार पारिएको केमिकल रहित नरिवलको तेल राति सुत्नु अघि छालामा दलेर मसाज गर्दा छालालाई राम्रो गर्छ ।

– कम्तिमा पनि सातामा एकपटक किन्जिङ मिल्कले सफाई गर्नुपर्छ ।

– घाममा निस्किनु अघि एसपिएफ ३० देखि ५० सम्म भएको सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ ।

– नुहाए पछि तोरीको तेलले पुरा शरिर मलिस गर्नु राम्रो हुन्छ ।

तैलिय छालाका लागि

– नियमित खाने खानामा चिल्लो र पिरोको मात्रालाई कम गर्ने ।

– तैलिय छालाको लागि सुख्खा छालाको तुलनामा कम चिल्लो भएको मोस्चराईजर प्रयोग गर्ने ।

– सातामा कम्तिमा एकपटक बाफ लिने ।

– चिल्लो रहित फेसवास तथा क्रिमको प्रयोग गर्ने ।

– तैलिय छाला हुनेले कम्तिमा पनि हप्तामा २ देखि ३ पटक क्लिन्जिङ गर्नु राम्रो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested