English

यि हुन् मष्तिस्क चम्काउने ५ खान्की !



शारीरिक रुपमा हामी स्वस्थ हुन धेरै किसिमका शारीरिक कसरत गर्छौ भने शरीरलाई हुने किसिमले धेरै किसिमका खानेकुराहरु खाने पनि गर्छौ । शरीर जति नै मानसिक रुपमा पनि स्वस्थ हुनु जरुरी छ । शारीरिक रुपमा जस्तै मानसिक रुपमा पनि स्वस्थ भयौं भने हामीलाई धेरै किसिमका तनावहरुले सताउदैन ।

मानसिक रुपमा स्वस्थ बनाउने केही खानेकुराहरुलाई तपाईले आफ्नो खानपिनमा नियमित समावेश गर्नु भयो भने तपाई धेरै किसिमका तनाववाट मुक्त समेत हुनुहुनेछ ।

दही

दहीले हाम्रो पाचन शक्तिलाई बलियो बनाउछ भन्ने कुरा धेरैलाई थाहा छ । दहीको सेवनले हाम्रो मानसिक स्वास्थलाई पनि प्रभावित पार्छ । नियमित खानपिनमा दहीलाई समावेस गर्दा तनाव र चिन्ता बिस्तारै कम हँुदै जान्छ । यदी तपाईलाई स–सानो कुरामा पनि रिस उठ्ने, झर्किने र मुड अफ हुन्छ भने दहीलाई नियमित जसो सेवन गर्दा यस्ता किसिमका समस्याहरु हट्दै जान्छ ।

अण्डा

अण्डामा पाईने केही पोषक तत्वहरुले मानसिक स्वास्थलाई राम्रो गर्न धेरै नै मद्दत गर्छ । अण्डामा पाइने फोलिक एसिड, बायोटीन, कोलाइन आदिले मस्तिष्कका कोशिकाहरुको विकास गर्न मद्दत समेत गर्छ ।

हरियो तरकारी

हरियो तरकारीहरु शरीरिक स्वास्थको लागि मात्र नभएर मानसिक स्वास्थका लागि पनि धेरै नै उपयोगि मानिन्छ । आफुले खाने खानपिनमा नियमित जसो सागसब्जिलाई समावेश गरेर खानुहुन्छ भने संस्मरण क्षमता कम हुने डिमेन्सिया जस्तो मानसिक समस्या पनि कम हुदैं जान्छ । हरियो सागसब्जिको नियमित सेवले मस्तिष्कका कोशिकाहरुलाई सक्रिय बनाईराख्छ ।

सुकेको फलफूल

सुकेको फलफूल अर्थात् ड्राई फ्रूट्स वा नट्स जस्ता किसिमका खानेकुराहरुमा म्याग्नेसियम, सेलेनियम र तामा प्रचुर मात्रामा पाईन्छ । यस्ता किसिमका खानेकुराहरुको नियमित सेवनले मस्तिष्कलाई सक्रिय बनाउन धेरै मद्दत गर्छ ।

डार्क चकलेट

डार्क चकलेटमा पाइने कोकोले मस्तिष्कको रक्तसंचार बढाउन मद्दत गर्छ । मस्तिष्कमा रक्तसंचारको प्रवाह बढेपछि मस्तिष्क सक्रिय समेत हुन्छ । यसका पाइने फ्लेवेनाइडले मस्तिष्कलाई जवान राख्नुका साथसाथै मस्तिष्कका कोशिकाहरुको क्षतिलाई कम गर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले