English

ग्यास्ट्रिक भएकालाई यी खानेकुरा हानिकारक



पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु जस्ता ग्यास्ट्रिकको समस्या नेपालीको आमसमस्या हो । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्नेलगायत समस्या हुन्छन् ।

यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ ।

यस्ता खानेकुराको प्रयोग गर्नुहुँदैन

एसिडयुक्त खानेकुरा

ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ । टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदै नखानु उत्तम हुन्छ ।

दुग्धजन्य पदार्थ

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

मदिरा र चिया र कफी

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ । ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ ।

मसालेदार खानेकुरा

ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसालेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन । प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ ।

प्रशोधित खानेकुरा

त्यसैले, सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन । जथाभावी दुखाइ कम गर्ने औषधि र पिरो खानेलाई ग्यास्ट्रिकले सताउँछ।

ग्यास्ट्रिकका लक्षण

माथिल्लो पेटमा असजिलो महसुस हुन्छ।

खाना खाएपछि अप्ठ्यारो हुने

पेट दुख्ने

अमिलो पानी र डकारआउने

ग्याष्ट्रिक बढेर अल्सर भएको भए राति धेरै पेट दुख्ने।

दिसा कालो र रगत मिसिएको हुने ।

के खानुपर्छ ? के खानुहुँदैन ?

ग्याष्ट्रिक भएपछि सन्तुलित भोजन गर्नै पर्छ। लामो समयसम्म भोकै बस्नु हुँदैन। तर, धेरै तातो खानेकुरा भने खानु हुँदैन। मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ। चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ।

उपचारग्याष्ट्रिकको पहिलो उपचार भनेको सतर्कता अपनाउने नै हो । सुन्तला, कागती, भोगटे लगायतका फलफूल खानुहुँदैन। डाक्टरको सल्लाह लिएर मात्र औषधि खानुपर्छ, जथाभावी गर्नु हुँदैन ।

जँचाएर कुन किसिमको ग्याष्ट्रिक हो भन्ने पत्ता लगाउनुपर्छ। ग्याष्ट्रिकको प्रकृति हेरेर उपचार गर्नुपर्छ। अल्सर भएको छ भने त्यसको उपचार अलि फरक ढंगले गर्नुपर्छ। ‘एचपाइरल’ भन्ने जिवाणु छ भने त्यो पेटको क्यान्सरसँग पनि जोडिएको हुन्छ। यसको निदान दीर्घकालीन तरिकाले गर्नुपर्छ।

भित्र घाउ भएर रक्तश्राव भएको छ भने यस्तो अवस्थामा रगत समेत दिनुपर्ने हुन्छ। इन्डोस्कोपी गरेर अल्सरमा भएको घाउ उपचार गर्नुपर्छ। औषधिले पनि ग्याष्ट्रिक ठीक नभए शल्यक्रिया गर्नुपर्ने हुन सक्छ।

यो पनि…
रुनु स्वास्थ्यका लागि राम्रो, जान्नुहोस् यसका ६ फाइदा
दूधमा घ्यू मिसाएर पिउँदा के हुन्छ ?



...
binance us register

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested