English

नेप्से निरन्तर ओरालो



साताको दोस्रो कारोबार दिन पनि नेप्सेले ओरालो लाग्ने क्रमलाई निरन्तरता दिएको छ। सोमबार नेप्से परिसूचक ४१.७७ अंक घटेर २३४३.८७ विन्दुमा बन्द भएको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इन्डेक्स ६.८२ अंक घटेर ४४४.१५ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स २.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६२ अंक घटेको छ।

यस दिन नेप्से ओरालो लागेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा सामान्य बढेको छ। यस दिन २२९ स्टकको ३१ हजार ८२५ पटकको कारोबारमा १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरको ३८ लाख ७६ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ।

यस दिन पनि नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको सेयरमूल्य यस दिन २४८ रुपैयाँ ८० पैसा बढेर २ हजार ७३७ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने जाल्पा लघुवित्तको सेयरमूल्य ६ प्रतिशत बढेको छ।

कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य यस दिन सर्वाधिक ८.३३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन हिमालयन उर्जा विकास कम्पनी र इमर्जिङ्ग नेपालको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४ करोड ९६ लाख २६ हजार रुपैयाँ बराबरको से्यर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ४ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने महालक्ष्मी विकास बैंकको ४ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ३.०९ प्रतिशत घटेको छ भने जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि…
शेयर बजारमा इतिहास कायम भएको वर्ष
पेट्रोलियम पदार्थप्रतिको निर्भरता घटाउँदै जानु नै उत्तम विकल्प



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested