English

नेपालमा कोरोना : संक्रमित र मृतकको संख्या ह्वात्तै बढ्यो



नेपालमा पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ५ हजार १०५ जनामा गरिएको कोरोना परीक्षणका क्रममा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३ रहेको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ३ सय ६ पुगेको छ ।

No photo description available.

नेपालमा पछिल्लो २४ घण्टामा १३८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएकाहरुको कुल संख्या २ लाख ७४ हजार १६५ पुगेको छ ।

नेपालमा हालसम्म २३ लाख १७ हजार २८४ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालको क्वारेन्टाइनमा रहनेको संख्या ८५ रहेको छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested