English

नेपालमा कोरोना : संक्रमित र मृतकको संख्या ह्वात्तै बढ्यो



नेपालमा पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ५ हजार १०५ जनामा गरिएको कोरोना परीक्षणका क्रममा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३ रहेको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ३ सय ६ पुगेको छ ।

No photo description available.

नेपालमा पछिल्लो २४ घण्टामा १३८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएकाहरुको कुल संख्या २ लाख ७४ हजार १६५ पुगेको छ ।

नेपालमा हालसम्म २३ लाख १७ हजार २८४ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालको क्वारेन्टाइनमा रहनेको संख्या ८५ रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested