सम्झनामा ड्यूक अफ एडिनवर्ग



श्रीमान प्रिन्स फिलिपको निधनपछि बेलायतकी महारानी एलिजावेथ द्वितीयले जीवनमा शुन्य महशुस गर्न थालेकी छन् । अहिले उनी उदासीनतामा देखिएकी छन् । यो जानकारी उनका छोरा तथा प्रिन्स एण्ड्र्यूले दिएका हुन् ।

एण्ड्र्यूले भने, ‘मेरी ९४ वर्षकी आमा अविश्वसनीय रुपमा शक्तिशाली महिला थिइन्, तर ड्यूक अफ एडिनवर्गको निधनपछि उनी प्रभावित देखिएकी छन् ।’

गत शुक्रवार ९९ वर्षका बेलायतकी महारानी एलिजावेथ द्वितीयका श्रीमान प्रिन्स फिलिपको निधन भएको थियो । गत वर्ष उनीहरुको विवाह भएको ७३ वर्ष पुगेको थियो ।

हालै मात्र फिलिपको हार्ट सर्जरी भएको थियो । इन्फेक्शनपछि उनलाई किंग एडवर्ड हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ २८ दिनपछि १६ मार्च २०२१ मा उनलाई डिस्चार्ज गरिएको थियो । त्यस्तै हजुरबुबाको अन्तिम यात्रामा प्रिन्स ह्यारी पनि सामेल हुनेभएका छन् ।

शाही परिवारको सबै जिम्मेवारी त्यगिसकेका फिलिपका नाती प्रिन्स ह्यारी पनि आफ्ना हजुरबुबाको अन्तिम यात्रामा सहभागी बन्ने भएका छन् ।

एण्ड्र्यूलेले पितालाई ग्रेण्ड फादर अफ दी नेशन भने

पश्चिम लण्डनस्थित विन्सर चर्चमा प्रार्थना सभापछि एण्ड्र्यूले महारानीले आफ्नो सन्देशमा फिलिपले आफ्नो जिन्दगीमा एउटा ठूलो शुन्यता छोडेको बताए । उनले पिता फिलिपलाई ग्रेण्ड फादर अफ दी नशन भनेर सम्बोधन गरेका थिए ।

छोरी ऐनीले पितालाईएक शिक्षक र समर्थकको रुपमा सम्झिइन्

एण्ड्र्यूका भाई र वेशेक्सका राजा एडवर्डले आफ्ना पिताको निधनले आफूलाई गम्भीर झट्का लागेको बताए । त्यस्तै प्रिन्स फिलिप र महारानीकी एउटी मात्रै छोरी प्रिन्सेस ऐनीले आफ्ना पितालाई एक शिक्षक समर्थक र आलोचकका रुपमा सम्झिइन् । उनले पिताको जीवनलाई अनुसरण गर्ने कोशिस गरेको बताइन् ।

प्रिन्स फिलिपका उत्तराधिकारी र उनका जेठो छोरा प्रिन्स चार्ल्सले पनि आफ्ना पिताको निधनमा शोक व्यक्त गरेका छन् । उनले प्यारा बाबालाई शाही परिवारले सधैँ याद गर्नेछ भन्दै स्मरण गरे ।

जेठो छोरा प्रिन्स चार्ल्स भन्छन्, बाबालाई सधैँ सम्झिइनेछ

प्रिन्स फिलिपका उत्तराधिकारी र उनका जेठो छोरा प्रिन्स चार्ल्सले पनि आफ्ना पिताको निधनमा शोक व्यक्त गरेका छन् । उनले प्यारा बाबालाई शाही परिवारले सधैँ याद गर्नेछ भन्दै स्मरण गरे । साथै उनले यो शाही परिवारका लागि दुखद् भएको समेत बताए । अहिले सारा शाही परिवार शोकमा डुबेको छ । त्यस्तै ब्रिटेनका टप लिडर्सले पनि फिलिपलाई श्रद्धाञ्जली दिएका छन् ।

बेलायतमा ८ दिनको राष्ट्रिय शोक

प्रिन्स फिलिपको निधनपछि ८ दिनको राष्ट्रिय शोक राखिएको छ । जो आउँदो शनिवार विन्डसर क्यास्टलको सेन्ट जर्ज च्यापलमा राखेपछि सकिनेछ । उनको अन्तिम यात्रा महामारीलाई मध्यनजर गर्दै सुरक्षा अपनाएर गरिने भएको छ ।

प्रिन्स ह्यारी फिलिपको अन्तिम यात्रामा सहभागी बन्ने

शाही परिवारको सबै जिम्मेवारी त्यगिसकेका फिलिपका नाती प्रिन्स ह्यारी पनि आफ्ना हजुरबुबाको अन्तिम यात्रामा सहभागी बन्ने भएका छन् । तर उनकी श्रीमती मेगन प्रेग्नेन्ट भएका कारण अन्तिम यात्रामा सामेल नहुने भएकी छन् । गत वर्ष उनीहरुले शाही जिम्मेवारी त्यागेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु

आइतबार साँझ मुम्बईको यशराज स्टुडियोस्थित प्रिभ्यु थिएटरमा प्रख्यात भारतिय निर्देशक मणिरत्नम द्वारा निर्देशित चलचित्र पि एस टुको विशेष प्रदर्शन गरियो

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।  कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा