English

बोडेमा जात्रा नरोकिने, आठौँ पटक बुद्धकृष्णले जिब्रो छेड्ने

जिब्रो छेड्ने जात्रा


मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौँ पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् ।

गत वर्ष कोरोनाका कारण पहिलोपटक यो जात्रा रोकिएको थियो । नगरपालिकाले यस वर्ष बिस्केटका कुनै पनि जात्रा र पर्व नरोकिने सूचना जारी गरेपछि मध्यपुरथिमिमा मनाइने सबै जात्रा सञ्चालन हुने भएका हुन् । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोनाको बहानामा यस वर्ष यहाँका कुनै पनि जात्रा पर्व नरोकिने बताउँदै सबै जात्रामा उत्साहपूर्वक नागरिकलाई आह्वान गरेका छन् ।

नगरपालिकाले जात्रा नरोक्ने भए पछि बुद्धकृष्णले जिब्रो छेड्न आवश्यक तान्त्रिक विधि पूरा गर्दै आएका छन् भने १० इञ्च लामो सुइरो बनाएर कर्मी नाइकेले तेलमा डुबाएर राखेका छन् ।

हालसम्म १२ जनाले निरन्तर १०६ वर्ष जिब्रो छेड्का छन् । २०७६ सम्ममा सात पटक जिब्रो छेडेका बुद्धकृष्णले यसवर्ष आठौँ पटक जिब्रो छेड्ने तयारीमा छन् । विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठले ३२ पटक जिब्रो छेडेका थिए ।

‘परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षदेखि अहिलेसम्म देशमा जस्तोसुकै सङ्कट आउँदा पनि रोकिएको थिएन, गत वर्ष रोकियो, अब रोक्दैनौैँ,’ बुद्धकृष्णले भने ।

यो जात्रामा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

हालसम्म १२ जनाले निरन्तर १०६ वर्ष जिब्रो छेड्का छन् । २०७६ सम्ममा सात पटक जिब्रो छेडेका बुद्धकृष्णले यसवर्ष आठौँ पटक जिब्रो छेड्ने तयारीमा छन् । विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठले ३२ पटक जिब्रो छेडेका थिए । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested