English

सिग्नल छ तर फोनले कामै गर्दैन



जाजरकोटकाे नलगाड नगरपालिकाका–८ जाजरकोटकी विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेनबाट फोन गर्दा हैरान भएकी छिन् । उनको मोवाइलमा नमस्तेको नेटवर्क छ सधैं आउँछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग गर्नुपर्ने बाध्यतामा रहेको खत्रीले बताइन् ।

नमस्ते प्राविधिको नेटवर्क प्रयोग गरेर फोन गर्दा आवाज नबुझिने, फोन डाइल गर्न वित्तिकै नलाग्ने समस्यले गर्दा सेवाग्रही हैरान भएको खत्रीले पीडा सुनाइन् ।

एनसेल महंगो छ तर राम्रो कुरा अवाज सुनिने भएकाले त्यही प्रयोग गर्नुपर्ने बाध्यता छ उनले थपिन् । उनी जस्तै नलगाड नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाइ समेत फोन नलाग्ने र लागेपनि नबुभझिने समस्यले गर्दा दिक्क लागेको छ । फोनमा समस्य आएको कुरा नेपाल टेलिकमलाइ जानकारी पनि गराएको छ तर टेलिकमले त्यो गुनासो सुनेपनि नसुनेझै भएको छ ।

फोर जी सेवा विस्तार सँगै फोनमा समस्य आएको सेवाग्रहीको गुनासो रहेको छ । विहान र बेलुकी मात्र थोरै भएपनि काम गर्ने गरेको तर दिनमा कामै नगर्दा आफूहरू हैरान भएको नलगाड–८ कै फत्तबहादुर खत्रीले जानकारी दिए । यो समस्य भएको दुइ महिना बढी भैइसकेको तर सुनुवाइ नभएको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले जानकारी दिए ।

पहिले फोनले काम गर्ने ठाउँमा अहिले फोनले काम छोडेको सर्वसाधारणहरू बताउँछन् । फोनमा हेलो हेलो गर्दा गर्दै फोन कट्दा आफूहरू निकै समस्यामा परेको जाजरकोट नलगाड नगरपालिकाबासीको गुनासो रहेको छ ।

सदरमुकामकै अधिकांश ठाउँमा फोनले काम नगरेको गुनासो धेरै आउने गरेको छ । उत्ता रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको टावरमा समस्य आउँदा त्यसको नेटवर्क डोल्पाको मुड्केचुलामा समेत भएकाले दुवै ठाउँमा फोन सेवा अवरुद्ध भएको छ ।

पहिले फोनले काम गर्ने ठाउँमा अहिले फोनले काम छोडेको सर्वसाधारणहरू बताउँछन् । फोनमा हेलो हेलो गर्दा गर्दै फोन कट्दा आफूहरू निकै समस्यामा परेको जाजरकोट नलगाड नगरपालिकाबासीको गुनासो रहेको छ ।

जाजरकोटको अधिकांश ठाउँमा नेपाल टेलिकमको टावरहरू रहेपनि भरपर्दो काम नगर्दा सेवा लिने आम नागरिकहरू पीडा सुनाउँछन् । वर्षामा आकाशमा बादल देखिन बित्तिकै टावर बन्द हुने, हिउँदमा फोन नै नबुझिने समस्यले गर्दा आफूहरू हैरान भएको बारेकोट–४ का जयलाल बोहराले बताए ।

यो पनि…
मनोरञ्जन र प्राकृतिक उपचारको आकर्षण बन्दै म्याग्दीका तातोपानी कुण्ड

तातोपानीमा बिरामीका ताँती
विद्यालयको मुख्य आयस्रोत तातोपानी कुण्ड, कोरोनाले पार्‍यो असर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested