English

अब्दुल कलामका उर्जाशील १० भनाइ



भारतका एघारौं राष्ट्रपति तथा वैज्ञानिक एपिजे अब्दुल कलामको जन्म सन् १९३१ अक्टोबर १५ मा तामिलनाडुको रामेश्वरममा भएको थियो ‘मिसाइलम्यान’को नामले पनि परिचित कलामको मृत्यु सन् २०१५ जुलाई २७ मा हृदयघातका कारण भएको थियो । उनी जीवनभर अविवाहित रहे । बालकदेखि युवाहरुको माझमा प्रेरणाका स्रोत बनेका उनका केही प्रेरणादायी भनाइहरु यस प्रकार छन् ।

१. यदि तपाईं सूर्यझैं चम्किन चाहनुहुन्छ भने तपाईं पनि सूर्यजस्तै जल्नुपर्ने हुन्छ ।

२. सफल भएका कथाहरु मात्र पढ्यौ भने, तिमीले सन्देश मात्र पाउँछौं । असफलताको कथा अझ ध्यान दिएर पढ्ने गर, त्यसबाट आफ्नो जीवनको सिकाइको लागि महत्वपूर्ण पाठ थाहा पाउन सक्छौं ।

३. ती सपना होइनन्, जो तपाई निद्रामा देख्नुहुन्छ, सपना त ती हुन जसले निदाउन दिँदैन ।

४. सबै चराहरुले बर्षातमा छहारीको खोजी गर्छन् । तर गरुडले त्यसको पर्वाह गर्दैन । किनकी गरुड बादलभन्दा माथि उड्छ ।

५. सपना भनेको तिमी निदाएको बेला देखेको दृश्य होइन । तिमी पूर्ण रुपले जागा भएको बेला देखेको काल्पनिक शक्ति हो ।

६. कसैलाई हराउन एकदम सजिलो हुन्छ तर, कसैलाई जित्न त्यो भन्दा गाह्रो हुन्छ ।

७. महान मान्छेहरुका लागि धर्म मित्रताको मार्ग हो, तर ‘साना’ मान्छेहरु यसलाई लडाइँको साधन बनाउँदछन् ।

८. सबै प्रकारका समस्या निवारण गर्ने तथा सबै प्रकारका घाउहरु निको पार्ने चिकित्सकहरु समय, धैर्य र प्रकृति हुन् ।

९. तिमीले तिम्रो भविष्य परिवर्तन गर्न सक्दैनौ । तर, तिमीले आजको तिम्रो बानी सुधार्न सक्छौ । त्यही सुधारिएको बानीले नै तिम्रो भविष्य परिवर्तन गरिदिनेछ ।

१०. यदि देशलाई भ्रष्टाचारमुक्त र सुन्दर दिमागहरुको राष्ट्र बनाउने हो भने, मलाई लाग्छ समाजका तीनवटा सामाजिक सदस्यले यसका लागि परिवर्तन ल्याउन सक्दछन्, ती हुन् आमा बुबा र शिक्षक ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested