English

शिघ्रस्खलन किन हुन्छ ?



शीघ्र स्खलन एक प्रकारको यौन समस्या हो । यसले पुरुषको यौन जीवनको गुणस्तरलाई प्रभाव पार्छ। यस समस्यामा पुरुषले सोचेभन्दा छिटो अग्र्याजम अथवा चरमसुख प्राप्त गर्छन्। शीघ्र स्खलनका कारण कहिलेकाहीँ गर्भाधानमा पनि समस्या आउन सक्छ र यसले दुवै पार्टनरको यौन सन्तुष्टिमा पनि असर पुर्‍याएको हुन्छ।

धेरैजसोमा शीघ्र स्खलन हुनुमा रोगभन्दा पनि मनोगत कारण हुन्छन्। यौन अनुभवको अभाव, शारीरिक बनावटको सरोकार, नयाँ दाम्पत्य जीवन, अधिक यौन उत्तेजना, यौन सम्पर्क राख्नुअघिदेखि नै यौनबारे सोच्ने बानी, चिन्तन, सम्बन्ध तनाव, चिन्ता, डिप्रेसन आदि मनोगत कारण हुन सक्छन् ।

यसबाहेक हुर्काइमा अति नियन्त्रणको वातावरण, विगतमा यौन हिंसाको तीतो अनुभव, हस्तमैथुन गर्दा पक्रिएला कि भन्ने डरले छिटो स्खलन गर्ने बानीले पनि पछि शीघ्र स्खलनको समस्या निम्तिन सक्छ । मधुमेह, मल्टिपल स्क्लेरोसिस भनिने मांसपेशीको समस्या, प्रोस्टेटको समस्या, थाइरोइडको समस्या कतिपय औषधि र अधिक मद्यपानले पनि यस्तो समस्या विकसित हुन सक्छ। शीघ्र स्खलनका कारण छटपटी, हतोत्साह, चिन्ता, हताश, अवसादजस्ता लक्षण देखिन सक्छन्। 

स्टार्ट एन्ड स्टप

यो विधिमार्फत वीर्य स्खलनमा पुरुषको नियन्त्रणमा सुधार ल्याउँछ। यौन उत्कर्षमा पुग्नै लाग्दा अर्थात् अब स्खलन होलाजस्तो अनुभूति हुनासाथ यौन उत्तेजना घटाउँछ। यौन कार्य रोक्छ। र, यौन अनुभूति कम हुनासाथ यौन कार्य फेरि सुचारु गर्छ।

स्क्विज विधि

यस विधिमा पनि माथि उल्लेखिन गरेझैं नै हो। तर, यस विधिमा यौन उत्कर्षमा पुग्नै लाग्दा वा वीर्य स्खलन हुनै लाग्दा करिब ३० सेकेन्ड लिंगको फेदमा अँठ्याइन्छ। यौन उत्तेजनामा कमी आएपछि यौन कार्य फेरि सुचारु गरिन्छ।

प्रत्येक पटकको यौन कार्यमा तीनचार पटक स्टार्ट एन्ड स्टप वा स्क्विज विधि अपनाई छिटो वीर्य स्खलन हुने कार्य रोकेर यौन आनन्दको मज्जा बढाउन सकिन्छ। अनुसन्धानकर्ताका अनुसार जननेन्द्रिय वरिपरिको मांसपेशी कसिलो बनाउन किगल अभ्यास गर्न सकिन्छ।

अन्य बेला पिसाब गरिरहँदा एक्कासि पिसाब रोक्नुपर्दा जुन मांसपेशी प्रयोग गरी पिसाब रोकिन्छ। किगल अभ्यासमा ती मांसपेशी नै कसिलो बनाइन्छ। यी अभ्यासले जीर्ण प्रकारको शीघ्र स्खलनमा मद्दत गर्छ। यसले जिन्कको थप मात्रामा टेस्टोस्टेरोन उत्पादन बढाई योनेच्छा र यौन शक्ति बढाउने हुन्छ।

म्याग्नेसियमयुक्त खाद्यवस्तु

यौन स्वास्थ्यमा फाइदा पुर्‍याउने म्याग्नेसियमयुक्त कतिपय खाद्यवस्तु शीघ्र स्खलनमा पनि लाभदायक हुन्छ। समुद्री खाना, फर्सीको बियाँ, भटमास, दही, पालुंगो, बदाम, केराउ, खसीको मासु, डार्क चकलेट र लसुनको सेवनले फाइदा गर्छ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested