English

यस्तो कारणले हुन्छ शीघ्र स्खलन



शीघ्र स्खलनका कारणहरूका बारेमा धेरै अनुसन्धान भए पनि यही कारणले हुन्छ भनेर यकिनका साथ भन्ने कारण भने अहिलेसम्म फेला परिसकेको छैन । १९८० देखि शीघ्र स्खलन जैविक तत्वका कारण पनि हुन सक्छ भन्ने अनुमान गर्दै त्यसलाई पनि आधार मानेर उपचार गर्न थालिएको छ ।

यौन सम्पर्कका क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ । दुवै जनालाई सन्तुष्टि समान प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ । सामान्य रूपमा दुवै जना यौन सन्तुष्टिको चरम अवस्थामा पुग्दा खासै समस्या पनि आउँदैन, तर धेरैजसो पुरुषको जीवनमा कहीँ न कहीँ कुनै न कुनै बेला शीघ्रस्खलनको अवस्था आउँछ ।

त्यतिबेला भने महिलामा केही असन्तुष्टि महसुस हुनु स्वाभाविक हो । खासमा शीघ्र स्खलनले महिलालाई मात्र होइन, पुरुषमा पनि यौन असन्तुष्टि उत्पन्न गर्छ । जैविक कारणमा जुन पुरुष यौनसम्पर्कका बेला बढी संवेदनशील हुन्छ, उसको शीघ्र स्खलन हुन्छ । यौनअंग बढी नै संवेदनशील हुँदा पनि यस्तो अवस्था आउँछ ।

त्यस्तै, टेस्टोस्टेरोन हर्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन । मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग कम मात्रामा उत्तेजित हुने कारणले गर्दा पनि शीघ्र स्खलन हुने अध्ययनहरूले देखाएका छन ।

हाइपरथाइरोइडिज्म र शीघ स्खलनको पनि सम्बन्ध छ । हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्र स्खलनबाट पीडित हुने अध्ययनहरूले देखाएको छ । यसका लागि भने चिकित्सकसँग सम्पर्क राख्नुपर्ने हुन्छ ।

यसरी रोक्न सकिन्छ शीघ्र स्खलन

शीघ्र स्खलन रोक्न प्रस्तावित केही विधि पनि छन् । जस्तो कि, शीघ्र स्खलन रोक्न केही क्षण सम्पर्क नै रोक्ने । यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ ।
अर्को भनेको लिंग उत्तेजनालाई पनि केही क्षणलाई रोक्ने वा खुम्चिने गराउनु आवश्यक छ ।

बढी संवेदनशील भागतर्फ भन्दा कम संवेदनशील भागतर्फ सम्पर्क गरेर पनि शीघ्र स्खलन रोक्न सकिन्छ । यसले लिंगको स्खलित हुने संवेदनशीलतालाई न्यून गर्छ ।
यही क्रम दोहोर्याइरहनुपर्छ जब अर्गाज्म अर्थात् चरम अवस्थामा पुग्न लाग्छ । यसलाई सबैभन्दा प्रभावकारी विधि मानिन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले