English

यस्तो कारणले हुन्छ शीघ्र स्खलन



शीघ्र स्खलनका कारणहरूका बारेमा धेरै अनुसन्धान भए पनि यही कारणले हुन्छ भनेर यकिनका साथ भन्ने कारण भने अहिलेसम्म फेला परिसकेको छैन । १९८० देखि शीघ्र स्खलन जैविक तत्वका कारण पनि हुन सक्छ भन्ने अनुमान गर्दै त्यसलाई पनि आधार मानेर उपचार गर्न थालिएको छ ।

यौन सम्पर्कका क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ । दुवै जनालाई सन्तुष्टि समान प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ । सामान्य रूपमा दुवै जना यौन सन्तुष्टिको चरम अवस्थामा पुग्दा खासै समस्या पनि आउँदैन, तर धेरैजसो पुरुषको जीवनमा कहीँ न कहीँ कुनै न कुनै बेला शीघ्रस्खलनको अवस्था आउँछ ।

त्यतिबेला भने महिलामा केही असन्तुष्टि महसुस हुनु स्वाभाविक हो । खासमा शीघ्र स्खलनले महिलालाई मात्र होइन, पुरुषमा पनि यौन असन्तुष्टि उत्पन्न गर्छ । जैविक कारणमा जुन पुरुष यौनसम्पर्कका बेला बढी संवेदनशील हुन्छ, उसको शीघ्र स्खलन हुन्छ । यौनअंग बढी नै संवेदनशील हुँदा पनि यस्तो अवस्था आउँछ ।

त्यस्तै, टेस्टोस्टेरोन हर्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन । मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग कम मात्रामा उत्तेजित हुने कारणले गर्दा पनि शीघ्र स्खलन हुने अध्ययनहरूले देखाएका छन ।

हाइपरथाइरोइडिज्म र शीघ स्खलनको पनि सम्बन्ध छ । हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्र स्खलनबाट पीडित हुने अध्ययनहरूले देखाएको छ । यसका लागि भने चिकित्सकसँग सम्पर्क राख्नुपर्ने हुन्छ ।

यसरी रोक्न सकिन्छ शीघ्र स्खलन

शीघ्र स्खलन रोक्न प्रस्तावित केही विधि पनि छन् । जस्तो कि, शीघ्र स्खलन रोक्न केही क्षण सम्पर्क नै रोक्ने । यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ ।
अर्को भनेको लिंग उत्तेजनालाई पनि केही क्षणलाई रोक्ने वा खुम्चिने गराउनु आवश्यक छ ।

बढी संवेदनशील भागतर्फ भन्दा कम संवेदनशील भागतर्फ सम्पर्क गरेर पनि शीघ्र स्खलन रोक्न सकिन्छ । यसले लिंगको स्खलित हुने संवेदनशीलतालाई न्यून गर्छ ।
यही क्रम दोहोर्याइरहनुपर्छ जब अर्गाज्म अर्थात् चरम अवस्थामा पुग्न लाग्छ । यसलाई सबैभन्दा प्रभावकारी विधि मानिन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested