यौन जीवनलाई सुखी बनाउने १० टिप्स



शारीरिक सम्बन्धमा सन्तुष्टिका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा सकारात्मक सोच हो । यौन सम्बन्धका बेला सकारात्मक सोच बनाउनु निकै महत्त्वपूर्ण हुन्छ । किनकि सकारात्मक सोचबिना यौन सम्बन्धको स्वाद अधुरो बन्छ । त्यसैले सकारात्मक सोच राखेर तपाईँ यौनिक जीवनमा पर्याप्त आनन्द लिन सक्नुहुन्छ ।

नकारात्मक सोच लिइयो भने यौन जीवनमा चिसोपन आउँछ र यौन जीवनप्रति अरुचि पैदा हुन्छ । नकारात्मक सोचले यौन जीवनमा मात्र नभएर जिन्दगीका अरू पक्षहरूलाई पनि अँध्यारो बनाउँछ ।

यौन जीवनको पर्याप्त आनन्द लिनका लागि तपाईँ शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । त्यसैले सधैँ व्यायाम र सन्तुलित भोजन ग्रहण गरी तन्दुरुस्त रहनुहोस् ।

यौन मनोचिकित्सकहरूका अनुसार जबसम्म स्त्री र पुरुषबिच शारीरिक, मानसिक तथा आत्मिक रूपले सामञ्जस्य आउँदैन तबसम्म यौन सम्बन्धको आनन्द प्राप्त हुन सक्दैन । जब मन सकारात्मक बन्छ तब शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन हार्मोन सक्रिय हुन्छन् । यी हार्मोनले यौन सम्बन्धको इच्छालाई जागृत गर्छ । पुरुषको शरीरमा टेस्टोस्टेरोन हार्मोनले यौन सुखलाई वृद्धि गर्छ । त्यसैले पनि यौन सम्बन्धको बेला सकारात्मक सोच र तनावमुक्त हुनु आवश्यक हुन्छ । साथै यौन जीवनलाई सुखद बनाउन निम्न उपाय अपनाउनुपर्छ ।

यौन सम्बन्धका बेला पाक क्रीडामा बढी जोड दिनुहोस् । यसले तपाईँ र तपाईँको पार्टनरलाई बढी चरम सुख प्राप्त हुन्छ ।

१. यौन सम्बन्धका बेला हरेक कुरालाई गम्भीर रूपले लिने गल्ती नगर्नुहोस्, अन्तरङ्ग पलहरूलाई सधैँ हँसी मजाकका रूपमा लिनुहोस् ।

२. यौन सम्बन्धका बेला पार्टनरको मुडलाई ध्यानमा राख्नुहोस् । यदि पार्टनरको मुड खराब छ भने आफ्नो माया र स्पर्शले पहिले उसको मुडलाई सही ठाउँ“मा ल्याउने प्रयास गर्नुहोस् तर यौन सम्बन्धका लागि पार्टनर तयार नहुँदै कर नगर्नुहोस् ।

३. यौन सम्बन्धका दौरान पार्टनरको सन्तुष्टिको ख्याल गर्नुहोस् ।

४. यौन सम्बन्धका विषयमा तपाईँ वा पार्टनरको मनमा केही शङ्का भएमा पहिले त्यसलाई हटाउनुहोस् । अनि मात्र यौन सम्बन्धको सिलसिलालाई अघि बढाउनुहोस् ।

५. यौन जीवनको पर्याप्त आनन्द लिनका लागि तपाईँ शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । त्यसैले सधैँ व्यायाम र सन्तुलित भोजन ग्रहण गरी तन्दुरुस्त रहनुहोस् ।

६. यौन सम्बन्धलाई निरन्तरता दिनुहोस् । शारीरिक सम्बन्धमा धेरै ग्याप राख्नु राम्रो होइन ।

७. यौन सम्बन्धका बेला पाक क्रीडामा बढी जोड दिनुहोस् । यसले तपाईँ र तपाईँको पार्टनरलाई बढी चरम सुख प्राप्त हुन्छ ।

८. यौन सम्बन्धका बेला कम बोल्नुहोस् र आफ्नो पार्टनर प्रति एकाग्र हुनुहोस् र उसका कुरा बढी सुन्नुहोस् ।

९. यौन सम्बन्धका बेला आफ्नो पार्टनरको तारिफ गर्न नभुल्नुहोला ।

१०. यौन सम्बन्धका बेला एक–अर्कामा शारीरिक र मानसिक रूपले बढी भन्दा बढी नजिक हुने कोसिस गर्नुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

यो मायाको महिना हो। यही महिना अर्थात् फेब्रुअरीमा भ्यालेन्टाइन सप्ताह मनाइन्छ । भ्यालेन्टाइन सप्ताह प्रेम गर्नेहरूको उत्सव हो। भ्यालेन्टाइन सात

विवाह एउटा यस्तो बन्धन हो, जसलाई बाँध्नुअघि सबैको मनमा हजारौँ प्रश्न हुन्छन् । केटीहरूमा मात्र होइन केटाहरूमा पनि यस्तो हुन्छ।

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने

अहिले लामो दुरीको सम्बन्ध हुनु सामान्य कुरा हो । लामो दूरीको सम्बन्ध चलाउन कहिल्यै सजिलो हुँदैन। टाढा बस्दा माया जोगाउन