English

सेयर बजारमा ३४ अंकको गिरावट, डेढ अर्बको मात्रै कारोबार



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३४.७८ अंकले घटेर २३ सय अंकको बिन्दुतर्फ झरेको छ । सेयर बजार उच्च अंकले घटेसँगै नेप्से परिसूचक २३ सय ८५ अंकमा आइपुगेको छ । आज बिहान २४ सय १९ अंकबाट सुरू भएको थियो ।

आज १ अर्ब ५२ करोड रुपैयाँ बराबरको ३७ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक ३४ अंकले घटेको दिन आज होटल र टुरिजम समूहको सूचक ३.१४ अंकले बढ्नुबाहेक अन्य समूहमा सुधार आएन ।

यसक्रममा आज १ अर्ब ५२ करोड रुपैयाँ बराबरको ३७ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक ३४ अंकले घटेको दिन आज होटल र टुरिजम समूहको सूचक ३.१४ अंकले बढ्नुबाहेक अन्य समूहमा सुधार आएन ।

आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक घटेको छ । यो समूहमा २३५ अंकको गिरावट आएको छ भने जिवन बीमा समूहमा २१४ अंकको गिरावट आएको छ ।

यसैगरी, विकास बैंक समूहमा ७१ अंकको गिरावट आएको छ भने जलविद्युत समूहमा ५२ अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटेपनि आज नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । प्रतिकित्ता १८७ रुपैयाँ बढेर कम्पनीको सेयर मूल्य २ हजार ५७ रुपैयाँ पुगेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटेपनि आज नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । प्रतिकित्ता १८७ रुपैयाँ बढेर कम्पनीको सेयर मूल्य २ हजार ५७ रुपैयाँ पुगेको छ ।

यसैगरी, इमर्जिङ नेपालको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँले घटेर ९ सय ३५ मा आइपुगेको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको सेयर कारोबार भएको छ । आज ५ करोड ७५ लाख रुपैयाँ बराबरको उक्त कम्पनीको सेयर कारोबार भएको छ । यसपछि, नबिल बैंकको सेयर ४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।

यो पनि
विकासमा ढिलासुस्ती, आयोजना सुरु भएको ३६ वर्षपछि काम
पूर्वअर्थमन्त्रीहरूको नजरमा देशको अर्थतन्त्र (पूर्णपाठ)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,