English

सेयर बजारमा ३४ अंकको गिरावट, डेढ अर्बको मात्रै कारोबार



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३४.७८ अंकले घटेर २३ सय अंकको बिन्दुतर्फ झरेको छ । सेयर बजार उच्च अंकले घटेसँगै नेप्से परिसूचक २३ सय ८५ अंकमा आइपुगेको छ । आज बिहान २४ सय १९ अंकबाट सुरू भएको थियो ।

आज १ अर्ब ५२ करोड रुपैयाँ बराबरको ३७ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक ३४ अंकले घटेको दिन आज होटल र टुरिजम समूहको सूचक ३.१४ अंकले बढ्नुबाहेक अन्य समूहमा सुधार आएन ।

यसक्रममा आज १ अर्ब ५२ करोड रुपैयाँ बराबरको ३७ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक ३४ अंकले घटेको दिन आज होटल र टुरिजम समूहको सूचक ३.१४ अंकले बढ्नुबाहेक अन्य समूहमा सुधार आएन ।

आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक घटेको छ । यो समूहमा २३५ अंकको गिरावट आएको छ भने जिवन बीमा समूहमा २१४ अंकको गिरावट आएको छ ।

यसैगरी, विकास बैंक समूहमा ७१ अंकको गिरावट आएको छ भने जलविद्युत समूहमा ५२ अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटेपनि आज नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । प्रतिकित्ता १८७ रुपैयाँ बढेर कम्पनीको सेयर मूल्य २ हजार ५७ रुपैयाँ पुगेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटेपनि आज नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । प्रतिकित्ता १८७ रुपैयाँ बढेर कम्पनीको सेयर मूल्य २ हजार ५७ रुपैयाँ पुगेको छ ।

यसैगरी, इमर्जिङ नेपालको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँले घटेर ९ सय ३५ मा आइपुगेको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको सेयर कारोबार भएको छ । आज ५ करोड ७५ लाख रुपैयाँ बराबरको उक्त कम्पनीको सेयर कारोबार भएको छ । यसपछि, नबिल बैंकको सेयर ४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।

यो पनि
विकासमा ढिलासुस्ती, आयोजना सुरु भएको ३६ वर्षपछि काम
पूर्वअर्थमन्त्रीहरूको नजरमा देशको अर्थतन्त्र (पूर्णपाठ)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested