विद्यार्थीले पढ्न छोडिसके

‘विद्यालय बन्दको जिम्मा स्थानीय तहलाई दिनुपर्छ’



कोभिड–१९ संक्रमणको जोखिम बढ्दै जाँदा सरकारले विद्यालय बन्द गर्ने प्रस्ताव अघि सारेको प्रति निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) ले आपत्ति जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पनि विद्यालयको भौतिक पढाई बन्द गरेर अनलाइन कक्षा सुरु गर्ने विषयमा छलफल गरेसँगै यसमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्याब्सनले आईतवार एक विज्ञप्ति नै जारी ग-यो । यसै विषयमा केन्द्रित रहेर प्याब्सनका महासचिव कुमार घिमिरेसँग गरिएको कुराकानी:

भौतिक कक्षा बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सिफारिसप्रति प्याब्सनले किन आपत्ति जनायो ?

अनलाइन कक्षाप्रति हाम्रो आपत्ति होइन । सबै विद्यालय पूर्ण रुपमा बन्द गरेर अनलाइनबाट पठनपाठन जारी राख्ने सम्बन्धमा गरिएको सिफारिसप्रति हाम्रो ध्यानाकर्षण भएको मात्र हो । त्यसैले एकैपटक सबैतिर विद्यालय बन्द गर्नु हुँदैन । संक्रमणको अवस्था हेरेर विद्यालय बन्द गर्ने/नगर्ने जिम्मा स्थानीय तहलाई दिनुपर्छ । भोलिका दिनमा भयाभह अवस्था आयो भने लकडाउन पनि गर्नुपर्ने अवस्था आउन सक्छ । तर, अहिले नै पूर्ण विद्यालय बन्द गरेर अनलाइन कक्षा सुरु गर्ने भन्ने समाचार आउन थालेपछि विशेषगरी कक्षा १० का विद्यार्थीले पढ्न मन लगाउन छोडिसके । किनभने गत वर्षजस्तै आन्तरिक मूल्यांकन हुन्छ भन्ने उनीहरुलाई पर्न थालिसक्यो ।

भारतमा डबल म्येटेन्ट भेरियन्ट फैलिरहेको अवस्थामा नेपालमा कुनैपनि समयमा फैलिन सक्छ । त्यसको आँकलन गरेर समुदायमा फैलिन नदिने विषयमा सरकारले अहिलेदेखि नै त्यतातिर ध्यान केन्द्रित गर्नुपर्छ ।

कोरोना महामारीको अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्दा के फरक पर्छ ?

हामीले यसअघि पनि अनलाइन कक्षाको प्राक्टिस गरेकै हौं । अहिलेको अवस्थामा अनलाइन कक्षासञ्चालन गर्दा ३० प्रतिशत विद्यार्थीलाई मात्र यो सुविधा दिन सकिन्छ । त्यसैले तुरुन्तै अनलाइन प्रणालीमा कक्षा सञ्चालन गरियो भने ७० प्रतिशत विद्यार्थी पढाईबाट वञ्चित हुने कुरा यसअघि नै देखिसकिएको छ । अनलाइन कक्षामात्र विकल्प सोच्नु हुँदैन । साथै, अहिलेको अवस्थामा कुरा गर्दा प्याब्सनका ५ प्रतिशत विद्यालयका शिक्षकहरुमात्र अनलाइन प्रविधिमा पोख्त छन् । उहाँहरुलाई अझै पनि तालिमको खाँचो छ । त्यसैले अनलाइन कक्षामा जानुभन्दा अघि १ महिनाजति शिक्षकलाई तालिम दिने व्यवस्था गर्ने हो भने चाहिँ प्रतिफल राम्रो आउन सक्छ ।

शिक्षकलाई प्रविधिमैत्री बनाउन प्याब्सनले चाहिँ के गरेको छ ?

हामीले यसभन्दा अघिको लकडाउनमा शिक्षकहरुलाई अनलाइन कक्षा सञ्चालनसम्बन्धि आधारभूत तालिम दिएका थियौं । तर, अनलाइन सामग्री नै तयार गर्न सक्ने शिक्षकहरु कम हुनुहुन्छ । त्यसैले उहाँहरुलाई थप तालिमको खाँचो छ ।

स्वास्थ्य सावधानीका पूर्ववत उपायहरु अनिवार्य र कडिकडाउका साथ अपनाई पठनपाठनका साथै अन्य गतिविधि गर्न गराउन भनी परिपत्रमा उल्लेख गरेका छौं ।

विश्वमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरसले बालबालिकालाई सबैभन्दा बढी प्रभावित पार्छ भन्ने आएको छ । यसको केन्द्रबिन्दु विद्यालय नै बन्यो भने त्यसको जवाफदेही को हुन्छ ?

यो कुरामा हामी पनि गम्भीर छौं । तर, यसका लागि तीनै तहका सरकारले आ–आफ्नो संयन्त्र परिचालन गर्नुपर्छ । कुन ठाउँमा संक्रमणको दर कस्तो छ त्यसको पहिले नै आँकलन गर्नुपर्छ । यदि कुनै क्षेत्रमा संक्रमणको दर उच्च छ भने त्यस्ता ठाउँमा तुरुन्त लकडाउन गर्नुपर्छ । साथै, कुनै विद्यालयका विद्यार्थीमा कोरोना पुष्टि भयो भने त्यो एरियालाई नै बन्द गर्नुपर्ने हुन्छ । यसैगरी, प्रत्येक विद्यालयमा आइसोलेसन कक्ष राख्नुपर्छ पनि भनिरहेका छौं । त्यसैले कोरोनाको केन्द्रबिन्दु विद्यालयमात्र नभएर एउटा समुदायमा पनि पर्न सक्ने हुँदा प्रभावित क्षेत्रको आँकलन गरेर निर्णय लिने अधिकार स्थानीय तहलाई दिनुपर्छ । साथै, स्थानीय तहले पनि अहिलेदेखि नै विद्यालयहरुमा जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न गराउनका लागि कडाई गर्नुपर्छ ।

अहिले पनि विद्यालयहरुले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेको पाइदैन, त्यसलाई निगरानी गर्ने काम प्याब्सनको पनि होइन र ?

अवस्य हो । यसैलाई मध्यनजर गर्दै हाम्रा सदस्य विद्यालयहरुलाई हामीले १२ चैतमा परिपत्र गरिसकेका छौं । जसमा स्वास्थ्य सावधानीका पूर्ववत उपायहरु अनिवार्य र कडिकडाउका साथ अपनाई पठनपाठनका साथै अन्य गतिविधि गर्न गराउन भनी परिपत्रमा उल्लेख गरेका छौं । साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय पुन सञ्चालन कार्यढाँचालाई परिपालन गर्न पनि निर्देशन दिइसकेका छौं ।

तुरुन्तै अनलाइन प्रणालीमा कक्षा सञ्चालन गरियो भने ७० प्रतिशत विद्यार्थी पढाईबाट वञ्चित हुने कुरा यसअघि नै देखिसकिएको छ ।

कोरोनाकोे दोस्रो लहरको त्रास बढिरहेको यो अवस्थामा विद्यालयलाई कसरी सञ्चालन गर्न सकिन्छ ?

यदि कोरोनाको दोस्रो लहर आयो भने के गर्ने भन्ने विषयमा सरकारदेखि विद्यालयसम्मले पूर्वतयारी गर्नुपर्छ । भारतमा डबल म्येटेन्ट भेरियन्ट फैलिरहेको अवस्थामा नेपालमा कुनैपनि समयमा फैलिन सक्छ । त्यसको आँकलन गरेर समुदायमा फैलिन नदिने विषयमा सरकारले अहिलेदेखि नै त्यतातिर ध्यान केन्द्रित गर्नुपर्छ । र, विद्यालय सञ्चालन गर्ने कुरामा त्यस क्षेत्रको कोरोना संक्रमणको फैलावटको अवस्था कस्तो छ सोहि अनुसार स्थानीय तहले आँकलन गरेर निर्देशन दिनुपर्छ । जसका लागि सरकारले पनि थप गाइलाइन जारी गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली सिने क्षेत्रको होस् या सांगीतिक क्षेत्रका कलाकारबीचको द्धन्द्धका खबर बेला–बेला आउँछन् । तर, देशलाई दुखेको बेला सहयोग गर्नेमा यिनै

व्यक्तिहरू प्रायः बेलुकाको खानामा यस्तो चिजहरू खान्छन्, जसको कारणले उनीहरूको पेट गडबडी हुन्छ र उनीहरूले यौनको आनन्द लिन सक्दैनन् ।

नेपालको कुल क्षेत्रफल मध्ये १.७३ प्रतिशत भू-भाग ओगटेको सिन्धुपाल्चोक बागमती प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा ठूलो हो । पछिल्लो ७

नेपालमा गत २४ घण्टामा थप २ हजार ५ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना