English

भद्रकालीमा १२ वर्षमुनिका बालकलाई गुरुकुल शिक्षा



प्राचीन गुरुकुल पद्धतिलाई अनुशरण गर्दै राजधानीको भित्री भेगका ६० बालकलाई भद्रकाली मन्दिरको सत्तलमा लगातार तीन वर्ष तीन रातसम्म शिक्षादीक्षा दिइएको छ । वटु नाट्येश्वर गुठीमा आबद्ध २०० परिवारका ६० बालकलाई आइतबार भद्रकाली मन्दिरको सत्तलमा यज्ञ गरी शिक्षा दीक्षा दिइएको हो ।

बालकहरु शिक्षादीक्षाका लागि शनिबार रात बस्ने गरी मन्दिरको सत्तलमा बास बसेका थिए । महर्जन र डङ्गोल थरका ६० बालकले तीन वर्षसम्म शिक्षादीक्षा पाएसँगै गुठीमा हुने गतिविधिमा भाग लिन पाउने भएका छन् ।

प्राचीनकालमा तीन वर्षसम्म भद्रकाली सत्तलमै बसेर शिक्षादीक्षा दिइन्थ्यो । आधुनिकतासँगै तीन वर्षका स्थानमा प्रत्येक वर्ष एक/एक रात राख्न थालिएको गुठीका उपसचिव दीपक महर्जनले जानकारी दिनुभयो । बालकलाई गुठी राख्नकै लागि बनाइएको भद्रकाली सत्तल हाल विभिन्न नाममा अतिक्रमण भएकाले एक रात राख्न पनि मुस्किल हुन थालेको गुठीका अधिकारीको गुनासो छ ।

बालक तीन वर्षसम्म सत्तलमै बसेर शिक्षा,दीक्षा लिँदा चैत्रकृष्ण चतुर्दशीका दिन अभिभावक दूध चिउरा खुवाउन आउने गर्छन् । बालकको तीन वर्षमा सकिने कर्म गत वर्षमै सकिनुपर्नेमा कोरोना महामारीका कारण बन्दाबन्दी गरिएपछि यसपटक समापन गरिएको हो ।

सङ्कटा र वटुको भद्रकालीलाई मूल भद्रकाली मन्दिरमा ल्याई जात्रासमेत गरिएको छ । आइतबार राति भद्रकालीछेउ टुँडिखेलमा जात्रासमेत सम्पन्न गरिएको छ । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested