English

नवौँ तथा अन्तिमपटक जिब्रो छेडाउँदै बुद्धकृष्ण



मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँपटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेड्ने भएका छन् ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रूपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिमपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको बताए ।

उनले भने, ‘म मानवीय सेवा र कलासंस्कृतिको संरक्षणमा लाग्दै आएको छु ।’

मैले यस वर्ष वैशाख २ गते नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएको छु, यो मेरो अन्तिमपटक हो, अर्को वर्ष म जिब्रो छेड्दिनँ, मेरो उमेरका कारणले पनि समस्या हुन्छ, अब युवापुस्ताले यो जात्रालाई जोगाउन जिब्रो छेड्न तयार हुनुपर्छ, लोप हुन दिनुहुँदैन ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नुनसमेत खान नहुने उनी बताउँछन् ।

व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र जिब्रो छेड्ने पाँचोँ गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ ।

यो जात्रा नीलबाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति नीलबाराहीका देवगण हुन् तर यहाँका केही व्यक्तिले भनेको भन्दै पत्रकारले जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको छ ।

बोडेको नीलबाराही मन्दिरसँग जोडिएको कथा र किंवदन्तीलाई पछिल्लो समय बिगारेर प्रचार गरेकामा दुखेसो व्यक्त गर्छन् बुद्धकृष्ण । उनी भन्छन्–‘यो जात्रा नीलबाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति नीलबाराहीका देवगण हुन् तर यहाँका केही व्यक्तिले भनेको भन्दै पत्रकारले जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको छ, त्यसैले, पनि युवापुस्ता जिब्रो छेड्न तयार छैनन्, जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षस होइनन्, देवगण हुन् यो सबैलाई बुझाइदिनुपर्याे ।’

केही वर्ष अगाडिसम्म जिब्रो छेड्ने व्यक्तिले नै जात्राको सबै खर्च व्यहोर्नुपर्ने र भोजसमेत खुवाउनुपथ्र्यो भने जनप्रतिनिधि आएपछि नगरपालिकाले जात्रा सञ्चालनका लागि सहयोग गर्दै आएको छ ।

जुजुभाइ बाँस श्रेष्ठले जिब्रो छड्ने बेलामा स्थानीय क्लब र युवाको सक्रियतामा जात्रालाई जोगाउन आर्थिक सङ्कलन गरी कोष खडा खरिएको थियो भने जनप्रतिनिधि आए पनि नगर प्रमुख मदन सुन्दर श्रेष्ठले यहाँका अधिकांश जात्रा परम्पराको संरक्षणका लागि भन्दै बजेट छुट्याएपछि यो जात्रा सञ्चालनमा पनि राहत मिलेको छ ।

यहाँको पहिचान नै कला र संस्कृति हो । त्यसैले, यहाँका मठ, मन्दिर, पाटीपौवा, पोखरी, धारा, इनार, पार्क मात्रै नभई अमूर्त कलाका रूपमा रहेको नाच, जात्रा, पर्व परम्परालाई पनि जोगाउनुपर्छ भनेर मैले हरेक वर्ष नगरपालिकाबाट बजेट छुट्याएँ ।

नगरप्रमुख श्रेष्ठ भन्छन्–‘यहाँको पहिचान नै कला र संस्कृति हो । त्यसैले, यहाँका मठ, मन्दिर, पाटीपौवा, पोखरी, धारा, इनार, पार्क मात्रै नभई अमूर्त कलाका रूपमा रहेको नाच, जात्रा, पर्व परम्परालाई पनि जोगाउनुपर्छ भनेर मैले हरेक वर्ष नगरपालिकाबाट बजेट छुट्याए, यस वर्ष पनि जात्रा चलाउन नगर पालिकाले बजेट दिएको छ, यसले जात्रा परम्परा र पर्वको संरक्षणमा टेवा पुगेको महसुस गरेको छु ।’

परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षपछि कोरोना सङ्क्रमणका कारण ०७६/७७ सालमा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ ।

जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

अहिलेसम्म क–कसले छेडे जिब्रो ?

हालसम्म १२ जनाबाट निरन्तर १ सय ७ वर्ष जिब्रो छेडेका छन् ।
१९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक
विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक,
२०२३ मा हरिदेव किला श्रेष्ठले एकपटक
२०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीनपटक
२०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुईपटक
२०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीनपटक
२०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सातपटक
२०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सातपटक
२०४७ मा मुनि घों श्रेष्ठले एकपटक
२०४८ मा धर्मराज बलाय श्रेष्ठले एकपटक
२०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक
२०६१ देखि २०६४ सम्म बुद्धकृष्ण बाग श्रेष्ठले चारपटक
२०६५ देखि २०७३ सम्म जुजुभाइ बाँस श्रेष्ठले आठपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।

यो पनि…
यसरी हुँदैछ बिस्का जात्राको तयारी (फोटो फिचर)
भक्तपुरको बिस्का जात्रा सुरु, किन मनाइन्छ बिस्का ?



...
Caren

References: Danbury casino 1gocasinotest.onlinespielhallende.workers.dev

...
Amelie

References: Drip Casino Einzahlung https://montenegro-racing.com/

...
Warner

References: Vegaz Casino Login https://www.keeperexchange.org/

...
Mari

References: Stratosphere Casino Auszahlung www.boxingforum24.com

...
Gail

References: Robocat Casino Test https://forexsklad.org

...
Jerald

References: Swift Casino Bonus ohne Einzahlung gamer.kg

...
Monika

References: Bet Casino Auszahlung https://link.avito.ru

...
Vivian

References: Gorilla Casino Test https://wotmp.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested