English

‘शिक्षकलाई पर्याप्त सुविधा दिन प्रतिबद्ध छौँ’



शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पर्याप्त सेवासुविधा दिन आफू कटिबद्ध रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आज (२६ चैत) बाह्रबिसे नगरपालिका–३, खुर्बासानी बजारमा आयोजित दोस्रो जिल्ला अधिवेशनमा पौडेलले शिक्षकलाई सम्मान गरे मात्रै शिक्षा क्षेत्र सुधारिने बताए ।

सिन्धुपाल्चोकलगायत केही नमूना विद्यालयको उदाहरण दिँदै उनले यस्तै शैक्षिक संस्था बनाउनुपर्नेमा जोड दिए । त्यहाँ उपस्थित शिक्षकको गुनासो सुन्दै शिक्षामन्त्री पौडेलले देशभरको शिक्षकको गुनासो सुनेर आवश्यक पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे ।

एकै प्रकृतिका शिक्षक हुनुपर्ने, राहत शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गरिनुपर्ने र उमेर हद पुगेका शिक्षकको सम्मानलगायत माग शिक्षामन्त्रीसामु राखिएको थियो । शिक्षामन्त्री पौडेलले विद्यालय समयभित्र राजनीति नगर्न आग्रहसमेत गरे ।

यो पनि…
कार्यान्वयन होला शिक्षा मन्त्रालय र महासंघबीचको ५१ बुँदे सहमति ?

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?[पत्रसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested