English

कार्यान्वयन होला शिक्षा मन्त्रालय र महासंघबीचको ५१ बुँदे सहमति ?



शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय नेपाल शिक्षक महासंघबीच गत फागुन ९ गते सोमबार शैक्षिक सुधारका निम्ति ५१ बुँदे सहमति भयो । शिक्षक तथा कर्मचारीले कोसेढुंगाको रूपमा लिएको उक्त सहमति कार्यान्वयन हुन्छ या हुँदैन हेर्न बाँकी नै छ । तर सहमति भएपछि कार्यान्वय हुनैपर्छ । नत्र किन सहमति गर्ने ?

शिक्षा मन्त्री देवेन्द्र पौडेल स्वयमनै ५१ बुँदे अक्षरसः कार्यान्वय हुने सार्वजनिक कार्यक्रमहरूमा भनिरहेका छन् । मन्त्रालय र महासंघबीच भएको ५१ बुँदे सहमति भएको डेढ महिना भइसकेको छ । सहमति पछि नेपाल शिक्षक महासंघ निरन्तर फलोअपमा छ ।

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर पनि महासंघले आफ्ना मागहरू कार्यान्वयन गराउन शिक्षा मन्त्रालयसँग नियमित छलफल गरिरहेको बताउँछिन् । ‘नयाँ शिक्षा ऐन हाम्रो मन्जुरीविना आउँदैन, हाम्रा जायज माग सम्बोधन भएपछि मात्र ऐन आउँछ,’ उनी भन्छिन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा पनि नयाँ शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताउँछन् । ऐनको विषयमा अर्थ मन्त्रालय, कानून मन्त्रालयलगायत विभिन्न निकायसँग छलफल भइरहेको उनको भनाइ छ ।

शिक्षक महासंघले उठाएका जायज मागहरू पनि शिक्षा ऐनमा समावेश हुने उनले बताए । उनका अनुसार कानून बमोजिम राख्न मिल्ने शिक्षक महासंघका मागहरू शिक्षा ऐनमा सम्बोधन हुन्छन् ।

त्यसो त केही हप्ताअघि मात्रै शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी ऐनबारे छलफल गरेका थिए ।

यो पनि…
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?[पत्रसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested