English

नयनराज पाण्डेको नजरमा पढ्नैपर्ने ३ पुस्तक



आख्यानकार नयनराज पाण्डे ‘उलार’ उपन्यासबाट नेपाली साहित्यमा चर्चाको केन्द्रमा छन् । लू, घामकिरी र सल्लीपिर उपन्यास उनका अन्य चर्चित उपन्यास हुन् । उनका निदाएँ जगदम्बा, खोरभित्रको जोकर र चकलेट कथासंग्रह पनि पाठकले रुचाएका छन् । संस्मरणत्मक कृति ‘यार’ पनि प्रकाशन गरेका उनको ‘जियरा’ पुस्तक यसै साता आउँदैछ । उनी चलचित्रको पटकथा लेखनमा पनि उत्तिकै जमे । प्रस्तुत छ, पाण्डेको नजरमा पढ्नैपर्ने ३ पुस्तकः

१. मुलुक बाहिर

लैनसिंह वाङ्देलको ‘मुलुक बाहिर’ उपन्यासले मेरो लेखनमा गहिरो प्रभाव पारेको छ । यसकारण मलाई यो उपन्यास निकै मनपर्छ । यस पुस्तकमा प्रवासी पीडा त छँदैछ, यसको लेखनको शैली शिल्प पनि वेजोड छ । वाङ्देल चर्चित चित्रकार पनि थिए । त्यसैले, पेन्टिङमा मुहार उतारझैं उनको लेखाईमा पनि चित्रात्मक शैली छ । यसले मलाई लोभ्याउँछ ।

२. एब्स्ट्रयाक्ट चिन्तन प्याज

शंकर लामिछानेको एब्सट्रयाक्ट चिन्तन प्याज पढ्नैपर्ने निवन्ध संग्रह हो । निवन्धको वास्तविक शक्ति बोेकेको छ, यो पुस्तकले । अहिले लेखकहरू आमरूपमा संस्मरणात्मक निवन्धमा केन्द्रित छन्, वैचारिक निवन्ध आउन सकिरहेको छैन । वैचारिक निवन्ध रहेको लामिछानेको कवितापङ्ति बोल्ने यो निवन्ध संग्रह प्रयोगमूलक ढंगले पनि सुन्दर छ ।

३. घुम्ने मेचमाथि अन्धो मान्छे

भूपि शेरचन आफ्नो समयको मात्रै होइन, यो समयका पनि उत्तिकै समसामयिक कवि हुन् भन्ने उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रहले प्रमाणित गर्छ । आफ्ना वलिया कविताले उनी अहिले पनि नेपाली कवितामा उचाईं लिईरहेकै छन् । विसंगति, व्यङ्ग्य, आक्रोशको जुन पोका उनले कवितामार्फत् थमाएका छन्, धेरै कविहरूको कविता लेख्ने आधार भएका छन् उनी । कवि मात्रै होइन, सबैले पढ्नैपर्ने पुस्तक हो ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested