English

भरसक बन्दाबन्दी नगर्ने पक्षमा सरकार



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन् । नेपाल पर्वतारोहण संघ (एनएमए) को तीसौँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागी परेको बताए ।

‘विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ । कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ,’ ढकालले भने, ‘भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी छ ।’

‘छिमेकी मुलुक भारतमा महामारीको कहालीलाग्दो अवस्थाले खु्ला सिमाना, रहनसहन भएको मूलुक नेपालमा त्यसको असर पर्ने खतरा छ, हामी (नेपाल) एक सय भन्दा कम संख्यामा झरिसकेको अवस्थामा हिजोआज ३ सय भन्दा बढी संक्रमित भेटिनु निकै चिन्ताको विषय हो,’ उनले भने ।

पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मूलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका सङ्केत देखिए पनि केही दिनदेखि लगातार बढिरहेको कोभिडका संक्रमितको संख्याले थप भयावह स्थिति सिर्जना हुने खतरा बढेको उल्लेख गरे । ‘छिमेकी मुलुक भारतमा महामारीको कहालीलाग्दो अवस्थाले खु्ला सिमाना, रहनसहन भएको मूलुक नेपालमा त्यसको असर पर्ने खतरा छ, हामी (नेपाल) एक सय भन्दा कम संख्यामा झरिसकेको अवस्थामा हिजोआज ३ सय भन्दा बढी संक्रमित भेटिनु निकै चिन्ताको विषय हो,’ उनले भने ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले संस्थाको ४८ वर्षे इतिहासमा २४ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहणदेखि विश्वकै जोखिम हिमाल पाकिस्तानस्थित ‘माउन्ट केटू’ को यसै वर्ष १० नेपाली आरोहीले सफलतापूर्वक आरोहणले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर फैलाउन सफल भएको उल्लेख गरे । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested