English

सत्तारूढ नेताकै यी अभिव्यक्ति, जसले ‘टुटाउन’ सक्छ गठबन्धन



स्थानीय तहको निर्वाचन मिति नजिकिँदै छ । ३० वैशाखको मिति नजिक नजिक आइरहँदा दलहरू चुनाव प्रचारप्रसारमा व्यस्त छन् । विशेष गरी सबैको ध्यान सत्ता गठबन्धन र नेकपा एमालेप्रति छ । एमालेको चाहना सत्ता गठबन्धन फुटोस् भन्ने छ । गठबन्धनका शीर्षस्त नेताहरू पनि गठबन्धनविरुद्ध नै बोल्न थालेका छन् । केही अभिव्यक्ति यस्ता छन् :

‘सम्मानजनक ढंगले सिट बाँडफाँट नभए मान्य हुँदैन’
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच सम्मानजनक ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । सिट बाँडफाँटमा भेदभाव गरिए त्यो आफ्नो दललाई स्वीकार्य नहुने उनले बताए ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनको नतिजाका आधारमा सिट बाँडफाँड अमान्य हुने उनको भनाइ छ । रूपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई संबोधन गर्दै अध्यक्ष डा.भट्टराईले यस्तो बताएका हुन् । ‘२०७४ सालमा प्राप्त गरेको सिट संख्यालाई आधार मानेर चुनावमा गठबन्धन हुन सक्दैन,’ उनले भने ।

अघिल्लो स्थानीय तहको निर्वाचन भएको चारवर्षपछि मात्र आफ्नो पार्टी गठन भएकाले अघिल्लो निर्वाचनको सिट संख्यालाई आधार मानेर चुनावी गठबन्धन गर्न नहुने भट्टराईले बताए । ‘हाम्रो दल २०७८ सालमा बनेको हो, त्यसैले २०७४ सालको सिट संख्या हामीलाई मान्य हुँदैन,’ उनले भने ।

आफूहरूले संविधान र व्यवस्था बचाउने उद्देश्यले गठबन्धन गरेको भन्दै पेल्न खोजिए गठबन्धन तोड्ने उनले चेतावनी दिए । ‘चुनामा तालमेल गर्ने हो भने सम्मानजनक सिट चाहिन्छ, नभए पेलेर अघि बढ्न खोज्ने हो भने गठबन्धनको विकल्प खोज्छौं,’ डा.भट्टराईले भने ।

‘सरकार बचाउन गठबन्धन’

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचनमा हुन लागेको गठबन्धन वर्तमान सरकार बचाउनका लागि पनि भएको स्वीकार गरेका छन् । आठौँ तनहुँ महोत्सवको समापनलाई सोमबार सम्बोधन गर्दै मन्त्री खाणले भने, ‘धेरैले गृहमन्त्री बढ्ता गठबन्धनमुखि भयो भन्ने आरोप छ । र, सायद सरकार बचाउन हो कि भन्ने पनि होला । वास्तवमा सरकार बचाउने पनि हाम्रो चाहना छ नढाँटिकन भन्दा ।’

पाँच दलीय गठबन्धन ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्न भएको सहमतलाई गृहमन्त्री खाणले सरकार बचाउनका लागि भएको बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको सरकारको प्रतिरक्षा गर्ने सबैको दायित्व भएको उनको प्रस्टोक्ति छ ।

आफूहरूले संविधान र व्यवस्था बचाउने उद्देश्यले गठबन्धन गरेको भन्दै अध्यक्ष डा.बाबुराम भट्टराईले पेल्न खोजिए गठबन्धन तोड्ने चेतावनी दिए । ‘चुनामा तालमेल गर्ने हो भने सम्मानजनक सिट चाहिन्छ, नभए पेलेर अघि बढ्न खोज्ने हो भने गठबन्धनको विकल्प खोज्छौं,’ डा.भट्टराईले भने ।

‘गठबन्धन बचोस् । सरकार बचोस् भन्ने चाहना छ हाम्रो । त्यो पारदर्शी कुरा हो । तर गठबन्धनको उपलब्धि सरकार मात्र‍ हैन । मुलुकको दीर्घशान्ति हो’, गृहमन्त्री खाणले प्रस्ट्याउँदै भने ।

गठबन्धन पञ्चायतकालमा पनि भएको उनले बताए । ‘गठबन्धन गरेर पञ्चायतविरुद्ध आन्दोलन गरेर पञ्चायत फालेर बहुदलीय व्यवस्था ल्याएको हो’, उनले स्मरण गर्दै भने, ‘त्यसकारण गठबन्धन वैचारिक आधारशिलामा मात्र हुन्छ भन्ने छैन । अब आउने गन्तव्यका लागि पनि गठबन्धन हुन्छ । यो संसारभर नै हुन्छ ।’

‘आवश्यकता भए मात्रै गठबन्धन गर्नू’
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय आवश्यकता आधारमा मात्रै गठबन्धन गर्न नेता तथा कार्यकर्तालाई सुझाएका छन् । कास्कीमा सोमबार कार्यकर्तासँग भेटघाट गर्दै उनले चुनावी तालमेलको अधिकार प्रदेश, जिल्ला, पालिका र वडालाई भएकोले आवश्यक्ता भए मात्रै गठबन्धन गर्न आग्रह गरे ।

‘गठबन्धन जहाँ आवश्यक छ त्यहाँ गर्नूस् । सबै ठाउँमा गर्नुपर्दैन,’ उनले भने, ‘तालमेलका नाममा विगतमा भरतपुरको जस्तो तालमेल नगर्नुहोला । यसले पार्टीलाई नोक्सानी हुन्छ ।’ अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गरेका पालिकामा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको भन्दै त्यसप्रति सचेत रहन अनुरोध गरे ।

केन्द्रीय सदस्य समेत रहेका उनले कांग्रेसको विधान अनुसार टिकट वितरणको मापदण्ड बनाउन निर्देशन दिएका छन् । ‘जथाभावी टिकट वितरण गर्ने होइन । सक्षम र योग्य उम्मेदवावरलाई निर्वाचनमा टिकट दिनुपर्छ,’ उनले भने ।

‘पाँच दलीय गठबन्धन दुई दिनको खेल हो’
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् ।

‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुल कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्,’ ओलीले भने ।

यो पनि…
गठबन्धनका तीन चुनौती, तीन स्वार्थ

देउवाको प्रश्न : ‘भोलि एमाले र माओवादी मिले के गर्ने ?’ 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र