English

आईपीएल : ६ खेलाडीको डेब्यू, बैंगलोरविरुद्ध ब्याटिङ गर्दै मुम्बई



इण्डियन प्रिमियर लीग (आईपीएल) को १४ औँ सीजनको पहिलो म्याचमा अहिले मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल भइरहेको छ । खेल चेन्नईमा भइरहेको हो ।

बैंगलोरले टस जितेर बलिङ रोजेपछि मुम्बई ब्याटिङमा उत्रिएको हो । यस म्याचका साथै ६ खेलाडीले आ आफ्नो टीमबाट डेब्यू गरेका छन् । बैंगलोरका लागि रजत पाटिदार, काइल जेमिसन, ग्लन म्याक्स्वेल, र डेनियल क्रिस्चियनले डेब्यू गरेका हुन् भने मुम्बईबाट अष्ट्रेलियाका क्रिस लिन, दक्षिण अफ्रीकाका तीव्र गतिका बलर मार्को जेनसनले डेब्यू गरेका छन् ।

मुम्ईबाट रोहित शर्मा (कप्तान), ईशान किशन, क्रिस लिन, सूर्यकुमार यादव, हार्दिक पाण्डे, क्रुणल पाण्डे, कीरोन पोलार्ड, मार्को जेन्सन, जयन्त यादव, ट्रेण्ट बोल्ट र जसप्रीत बुमराह रहेका छन् भने बैंगलोरबाट विराट बोहली (कप्तान), रजत पाटिदार, एबी डिभिलियर्स, ग्लेन म्याक्स्वेल, वाशिंगटन सुन्दर, डेनियल क्रिश्चियन, काइल जेमिसन, शाहबाज अहमद हर्षल पटेल, मोहम्मद सिराज र युजबेन्द्र चहल रहेका छन् ।

बैंगलोरले अहिलेसम्म तीनपटक ओपनिङ म्याच खेलेको छ, जसमा सबै म्याच हारेको छ । बैंगलोरले २००९, २०११ र २०१६ मा ओपनिङ म्याच खेलेको थियो । गत सीजनमा कोहलीले १५ म्याचमा ४६६ रन बनाएका थिए भने सोही टीमका देवदत्त पडिक्कलले १५ म्याचमा ४७३ रन बनाएका थिए ।

त्यस्तै मुम्बई टीम १३ ओपनिङ म्याचमा चार म्याचमा मात्रै विजयी भएको छ । २०१३ पछि भने यो टीमले पनि ओपनिङ म्याच जितेको छैन । २०१३ मा टीमले फाइनल जितेको थियो । मुम्बई लीगमा सबैभन्दा धेरै ५ पटक विजेता बनेको छ । मुम्बईले लगातार पछिल्ला २ म्याचमा जित दर्ता गरेको छ । रोहितको टीम यस पटक पनि उपाधि जित्दै ह्याट्रिक गर्न चाहन्छ । गत सीजनमा मुम्बईले दिल्लीलाई फाइनलमा पराजित गरेको थियो । दिल्लीको यो पहिलो फाइनल थियो ।

हेड टू हेड

आईपीएलमा मुम्बई र बैंगलोरबीचमा मुम्बई शक्तिशाली देखिन्छ । यी टीमबीच २७ पटक प्रतिष्पर्धा भएको छ । र जसमा मुम्बई १७ र बैंगलोर १० म्याचमा विजयी भएका छन् । गत सीजनमा यी दुबै टीमबीच यूएईमा दुईम्याच भएको थियो । जसमा दुबैले एक एक म्याच जितेका थिए ।

पिच र मौसम रिपोर्ट

चेन्नईमा म्याचको बेला आकाश सफा रहनेछ । तापक्रम २६ देखि ३३ डिग्री सेल्सियसको बीचमा रहनेछ । पिचमा स्पिनर्सलाई फाइदा रहनेछ । २०१९ मा चेन्नईको पिचमा ८ म्याच भएका थिए । जसमा पहिला ब्याटिङ र बलिङ गर्ने टीमले बराबरी म्याच जितेका थिए । ३ पटक १७० भन्दा माथिको लक्ष्य प्रस्तुत भएको थियो । मुम्बईले लीगमा अहिलेसम्म् २०३ म्याच खेलेको छ । जसमा १२० मा जित निकालेको छ भने ८३ मा हार ब्यहोरेको छ । त्यस्तै बैंगलोरले १९६ म्याच खेलेको छ, जसमा ९१ जित र १०१ हार रहेको छ । ४ म्याच नतिजाबिहीन भएका थिए । मुम्बईको सक्सेस रेट ५९.११ र बैंगलोरको ४७.१३ प्रतिशत रहेको छ । कोहलीलाई ६ हजार रन बनाउने पहिले खेलाडी बन्ने अवसर
कोहली आईपीएल पहिलो खेलाडी हुन् जसले आईपीएलमा ५ हजार रन बनाए । उनले अहिलेसम्म १९२ म्याचमा ५ हजार ८७८ रन बनाएका छन् । उनलाई यो सीजनमा ६ हजरको आँकडा छुने अवसर छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested