English

आईपीएल : ६ खेलाडीको डेब्यू, बैंगलोरविरुद्ध ब्याटिङ गर्दै मुम्बई



इण्डियन प्रिमियर लीग (आईपीएल) को १४ औँ सीजनको पहिलो म्याचमा अहिले मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल भइरहेको छ । खेल चेन्नईमा भइरहेको हो ।

बैंगलोरले टस जितेर बलिङ रोजेपछि मुम्बई ब्याटिङमा उत्रिएको हो । यस म्याचका साथै ६ खेलाडीले आ आफ्नो टीमबाट डेब्यू गरेका छन् । बैंगलोरका लागि रजत पाटिदार, काइल जेमिसन, ग्लन म्याक्स्वेल, र डेनियल क्रिस्चियनले डेब्यू गरेका हुन् भने मुम्बईबाट अष्ट्रेलियाका क्रिस लिन, दक्षिण अफ्रीकाका तीव्र गतिका बलर मार्को जेनसनले डेब्यू गरेका छन् ।

मुम्ईबाट रोहित शर्मा (कप्तान), ईशान किशन, क्रिस लिन, सूर्यकुमार यादव, हार्दिक पाण्डे, क्रुणल पाण्डे, कीरोन पोलार्ड, मार्को जेन्सन, जयन्त यादव, ट्रेण्ट बोल्ट र जसप्रीत बुमराह रहेका छन् भने बैंगलोरबाट विराट बोहली (कप्तान), रजत पाटिदार, एबी डिभिलियर्स, ग्लेन म्याक्स्वेल, वाशिंगटन सुन्दर, डेनियल क्रिश्चियन, काइल जेमिसन, शाहबाज अहमद हर्षल पटेल, मोहम्मद सिराज र युजबेन्द्र चहल रहेका छन् ।

बैंगलोरले अहिलेसम्म तीनपटक ओपनिङ म्याच खेलेको छ, जसमा सबै म्याच हारेको छ । बैंगलोरले २००९, २०११ र २०१६ मा ओपनिङ म्याच खेलेको थियो । गत सीजनमा कोहलीले १५ म्याचमा ४६६ रन बनाएका थिए भने सोही टीमका देवदत्त पडिक्कलले १५ म्याचमा ४७३ रन बनाएका थिए ।

त्यस्तै मुम्बई टीम १३ ओपनिङ म्याचमा चार म्याचमा मात्रै विजयी भएको छ । २०१३ पछि भने यो टीमले पनि ओपनिङ म्याच जितेको छैन । २०१३ मा टीमले फाइनल जितेको थियो । मुम्बई लीगमा सबैभन्दा धेरै ५ पटक विजेता बनेको छ । मुम्बईले लगातार पछिल्ला २ म्याचमा जित दर्ता गरेको छ । रोहितको टीम यस पटक पनि उपाधि जित्दै ह्याट्रिक गर्न चाहन्छ । गत सीजनमा मुम्बईले दिल्लीलाई फाइनलमा पराजित गरेको थियो । दिल्लीको यो पहिलो फाइनल थियो ।

हेड टू हेड

आईपीएलमा मुम्बई र बैंगलोरबीचमा मुम्बई शक्तिशाली देखिन्छ । यी टीमबीच २७ पटक प्रतिष्पर्धा भएको छ । र जसमा मुम्बई १७ र बैंगलोर १० म्याचमा विजयी भएका छन् । गत सीजनमा यी दुबै टीमबीच यूएईमा दुईम्याच भएको थियो । जसमा दुबैले एक एक म्याच जितेका थिए ।

पिच र मौसम रिपोर्ट

चेन्नईमा म्याचको बेला आकाश सफा रहनेछ । तापक्रम २६ देखि ३३ डिग्री सेल्सियसको बीचमा रहनेछ । पिचमा स्पिनर्सलाई फाइदा रहनेछ । २०१९ मा चेन्नईको पिचमा ८ म्याच भएका थिए । जसमा पहिला ब्याटिङ र बलिङ गर्ने टीमले बराबरी म्याच जितेका थिए । ३ पटक १७० भन्दा माथिको लक्ष्य प्रस्तुत भएको थियो । मुम्बईले लीगमा अहिलेसम्म् २०३ म्याच खेलेको छ । जसमा १२० मा जित निकालेको छ भने ८३ मा हार ब्यहोरेको छ । त्यस्तै बैंगलोरले १९६ म्याच खेलेको छ, जसमा ९१ जित र १०१ हार रहेको छ । ४ म्याच नतिजाबिहीन भएका थिए । मुम्बईको सक्सेस रेट ५९.११ र बैंगलोरको ४७.१३ प्रतिशत रहेको छ । कोहलीलाई ६ हजार रन बनाउने पहिले खेलाडी बन्ने अवसर
कोहली आईपीएल पहिलो खेलाडी हुन् जसले आईपीएलमा ५ हजार रन बनाए । उनले अहिलेसम्म १९२ म्याचमा ५ हजार ८७८ रन बनाएका छन् । उनलाई यो सीजनमा ६ हजरको आँकडा छुने अवसर छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती