English

श्रीलंकामा देशव्यापी कर्फ्यू



श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो ।

राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ ।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनु पर्ने बताउँदै आएका छन् । सरकारले शुक्रबारदेखि नै आपतकाल घोषणा गरिसकेको छ ।

विगतमा, आपतकालीन आदेशले सेनालाई संदिग्धहरूलाई पक्राउ पूर्जी बिना पक्राउ गर्न र हिरासतमा राख्न अनुमति दिएको थियो । तर प्रतिबन्धहरू प्रस्ट नभएको बताइन्छ । राष्ट्रपतिको आपतकालीन शक्तिहरू परिभाषित गर्ने नियमहरू जारी हुन बाँकी रहेको बताइएको छ ।

शुक्रबार दिउँसो पसलहरू खुलेका र यातायात सामान्य रहेको थियो भने केही पेट्रोल पम्पमा प्रहरी तैनाथ थिए । सार्वजनिक व्यवस्थाको रक्षा गर्न र अत्यावश्यक आपूर्ति र सेवाहरू कायम राख्न आपतकालिन अवस्था आवश्यक रहेको राजापाक्षेले बताएका छन् ।

यो पनि…
मेरो ज्यान जोखिममा छ : प्रधानमन्त्री खान
यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested