English

मदर टेरेसाका १० प्रेरणादायी भनाईहरू



सन् १९१० अगस्ट २६ मा जन्मेकी मदर टेरेसाको वास्तविक नाम अगनेस गोंझा बोयाजिजू हो । उनले ४५ वर्षसम्म गरिब, बिरामी, अनाथ र मर्न मृत्यूशैयामा पुगेका मानिसहरूको सहयोग गरेकी थिइन् ।

भारतीय नागरिकता भएकी रोमन क्याथोलिक टेरसाले सन् १९५० मा कोलकत्तामा मिशनरीज अफ च्यारिटीको स्थापना समेत गरेकी थिइन् ।
सामाजिक र मानव कल्याण कार्यकर्ता तथा नोबेल शान्ति पुरस्कार विजेता टेरेसाले सन् २०१६, सेप्टेम्बर ९ मा सन्तको उपाधि समेत पाएकी थिइन् । यस्ता महान व्यक्तित्वका केही प्ररणादायी भनाईहरू यहाँ समेटिएको छः

१. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।

२. शान्ति मुस्कानबाट सुरूवात हुन्छ ।

३. हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउनोस्, यसैलाई मनाऔं ।

४. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाऊ ।

५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।

६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर्न ।

७. हामीसँग शान्ति छैन । किनभने हामीले यो विर्सियौं कि हामी एक अर्काका लागि हौं ।

८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।

९. यदि तिमीले व्यक्तिलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।

१०. प्रेम सबैले टिप्न सक्ने सदावहार फल हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested