English

‘हामी कसरी बाँच्छौँ हाम्रै हातमा हुन्छ’



तपाईंले जीवनलाई बचाइरहन सक्नुहुन्न- तपाईंले जीवन बिताउन मात्र सक्नुहुन्छ । चाहे तपाईं यत्तिकै बसिरहनुहोस् वा केही विलक्षण चीज सृजना गर्नुहोस्, चाहे केही मूर्ख्याइँ गर्नुहोस् वा केही सार्थक र प्रभावशाली काम गर्नुहोस्, तपाईं एकदिन अवश्य मर्नुहुनेछ ।

जेसुकै गरे तापनि, तपाईंले आफ्नो जीवन बिताउनु पर्नेछ- प्रश्न यत्ति हो कि कसरी ? हामीले आफ्नो जीवन कसरी बिताउने भनेर रोज्न सक्नु मनुष्यको सौभाग्य हो । अरू सबै जीवहरूको लागि यो पूर्णतः निर्धारित हुन्छ ।

हामी आफ्नो जीवन कति सुन्दर, कति गहन र कति भव्य रूपमा बाँच्छौँ वा कति मूर्खतापूर्ण तरिकाले, कति व्यर्थ अनि कति शिथिल र सुस्त रूपमा बाँच्छौँ भन्ने कुरा हाम्रै हातमा हुन्छ ।

म तपाईंलाई नयाँ वर्षको लागि कुनै मूर्खतापूर्ण सङ्कल्प गर्नुहोस् भनेर सुझाव दिँदिन । यो समयमा बाहिरी तहमा थुप्रै परिवर्तनहरू भइरहेका हुन्छन् । मानव जीवनको गुण तबमात्र साँच्चिकै बदलिन्छ, जब हामी आफूलाई भित्री रूपमा बदल्छौँ ।

अन्यथा, हामी संसारको एकदमै सुन्दर स्थानमा रहेर पनि दुःखी महसुस गरिरहेका हुन सक्छौँ । हामी संसारमा जे निर्माण गर्न चाहन्छौँ, त्यसको लागि हामीले थुप्रै शक्तिहरूलाई एकैठाउँमा ल्याउनुपर्ने हुन्छ । तर तपाईं आफूभित्र जे सृजना गर्न चाहनुहुन्छ, त्यसको निम्ति तपाईंले आफूलाई एकठाउँमा ल्याउनुपर्ने हुन्छ ।

यदि तपाईंले संसारमा केही अद्‌भुत चीज सृजना गर्न सक्नुभयो भने, त्यो गज्जब हुनेछ । तर कम्तीमा पनि तपाईंभित्र केही अद्‌भुत हुनैपर्छ । यदि तपाईंभित्र अद्‌भुत चीज भइरहेको छ भने, संसारमा सुन्दर चीज सृजना गर्नबाट तपाईंलाई कसैले पनि रोक्न सक्दैन ।

मानिसहरूले बाटोमा ढिस्को राखेर अवरोध सृजना गर्न सक्छन् । तर त्यो पनि हाम्रो लागि अवसर हो- गति कम गर्ने, सेरोफेरोमा नजर डुलाउने, मनोरम दृश्यको आनन्द लिने अनि फेरी गति बढाउने ।

यदि तपाईं आफूभित्र साँच्चिकै विलक्षण चीज हुन नदिइकन, संसारमा केही असाधारण चीज सृजना गर्ने कोसिस गर्नुहुन्छ भने, त्यो निरंकुश र विध्वसंक प्रक्रिया बन्न सक्दछ ।

मानव इतिहास त्यस्ता घटनाहरूले पूरै भरिएको छ । यहाँ सम्म कि एडोल्फ हिटलर, जसको नाम सर्वकालिक खराब व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा आउँछ, उनले समेत यो ठान्थे कि उनी केही सानदार चीज निर्माण गर्न गइरहेका थिए ।

तर उनी जसलाई सानदार ठान्दथे, त्यसको परिणाम अत्यन्तै भयावह थियो । जब तपाईंभित्र केही भद्दा वा कुरूप भइरहेका हुन्छन्, त्यसबेला तपाईं बाहिर केही सृजना गर्न खोज्नुहुन्छ भने, बाहिरको चीज तपाईंभित्रको कुरूपताको अतिरञ्जित (बढाइचढाइ गरिएको) रूप हुनेछ ।

अतः यो एकदमै महत्त्वपूर्ण छ कि यदि तपाईं केही रचना गर्न चाहनुहुन्छ भने, सर्वप्रथम तपाईंभित्र केही अद्‌भुत चीज भइरहेको हुनुपर्दछ । चाहे जेसुकै गर्नुहोस्- अन्ततः तपाईंले संसारमा त्यस्तै केही गर्नुहुनेछ, जस्तो तपाईं वास्तवमा हुनुहुन्छ । सदगुरुको प्रवचन

यो पनि…
ॐ उच्चारणका फाइदा
ठूलो काम गर्दा अवश्य सल्लाह लिनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested