English

ॐ उच्चारणका फाइदा



ओम (ॐ) शब्दको जप गर्नाले धेरै फाइदा मिल्छ । केवल ५ मिनेट ॐ जप गर्दा तपाईंको शरीरले प्राप्त गर्न सक्ने फाइदाले तपाईंलाई जीवनभर तनावमुक्त रहन मद्दत गर्न सक्छ । ॐ पवित्र ध्वनी मात्र होइन शाश्वत शक्तिको प्रतीक हो । ॐ तीन अक्षरहरू अ, उ र म मिलेर बनेको छ । ए अर्थात् जन्मनु, उ अर्थात् उदय हुनुको अर्थ वृद्धि हुनु र म भनेको मौन हुनुको अर्थ ब्रह्म बन्नु हो ।

हरेक बिहान सूर्योदयमा उठेर शान्त ठाउँमा बसेर १०८ पटक ‘ॐ’ जप गर्नुहोस् । तपाईंले सुरुका दिनहरूमा ११ पटक ॐ उच्चारण गर्न सक्नुहुन्छ ।

हिन्दू मान्यता अनुसार ॐ मा सारा विश्व, सम्पूर्ण ब्रह्माण्ड समाहित छ । यो शब्दमा यति धेरै शक्ति छ कि तपाईं कल्पना पनि गर्न सक्नुहुन्न । मन्त्रको अगाडि यो एक शब्द मात्र जोडियो भने यसको प्रभाव धेरै गुणा बढ्छ । ॐ जप गर्दा मानसिक तनाव कम हुने विश्वास छ । त्यसोभए हामी तपाईंलाई बताउँछौं ॐ जप गर्दा के फाइदा हुन्छ ?

– ॐ जप गरेर तनावबाट मुक्ति पाउन सकिन्छ ।
यदि कुनै काम गर्दा थाकेको छ भने ॐ जप गर्नुहोस् । यसो गर्नाले थकान कम हुन्छ ।
–ॐ शब्दको निरन्तर जप गर्नाले शरीरलाई नित्य शान्तिले भर्न सकिन्छ ।
–ॐ को जपले हाम्रो शरीरमा उत्पन्न हुने कम्पनलाई हटाउन सक्छ ।
–ॐ उच्चारणले मुटु र पाचन प्रणाली दुवै ठिक रहन सक्छ । निद्रा नलाग्ने समस्या पनि केही समयमै हटाउन सकिन्छ । त्यसैले सुत्नुअघि ॐ शब्द उच्चारण गर्नुपर्छ ।


यो पनि…
शिवको तपस्या तोड्न कामदेवले के गरे ?

ठूलो काम गर्दा अवश्य सल्लाह लिनुहोस्
बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

Latest










Popular
Suggested