English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले, यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१. जापानस्थित सुमिडा पार्कमा मौसमी चेरी फूल अवलोकन गर्दै ।
२०.पनामा सहरस्थित पानीमा जाल हाल्दै ।
१९. रूसस्थित सूर्यास्तपछि मानिस ओहोर–दोहोर गर्दै ।
१८. दुबईस्थित एटलान्टिस होटलको पोखरी र समुद्र तटको दृश्य ।
१७. भारतको अहमदाबादमा दोस्रो राष्ट्रिय योगासना खेलकुद च्याम्पियनसिपको प्रदर्शन गर्दै ।
१६. सिङ्गापुरको वुडल्यान्ड चेकपोइन्टमा प्रवेश गर्ने सवारी साधनको लाइन ।
१५. कोस्टारिकास्थित समुद्र तटमा सूर्यास्त हेर्दै पर्यटक ।
१४. अक्सफोर्ड विश्वविद्यालयका महिलाले टेम्स नदीमा डुङ्गा चलाउन सिक्दै ।
१३. चीनको हेबेईस्थित सूर्योदयको दृश्य ।
१२. भेन्टियानका किसान चिया बगानमा चियापात टिप्न जाँदै ।
११. ग्रीसकाे एथेन्सस्थित मूर्ति ‘मामन’ मुनि मानिस हिँड्दै ।
१०. नरदेवी श्वेतकाली ‘ङतभुलु अजिमा’को १२ वर्षे जात्रामा द्वैत्यद्वारा नृत्य प्रस्तुत गर्दै ।
९.भक्तपुर सुकुलढोकामा छड्के तिलहरी उन्दै व्यवसायी ।
८.उपचार गर्न आर्थिक अभावका कारण भोजपुरको साल्पासिछो गाउँपालिका २ मा सात वर्षदेखि खोरमा थुनेर राखिएका युवा । स्थानीय छत्रबहादुर चौहानका ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्बर चौहान खोरमा बस्न बाध्य छन् ।
७.कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएका मृग ।
६.सङ्खुवासभाको मादी नगरपालिका– १, चौकी बजारमा डोको बुन्दै स्थानीय वृद्ध ।
५.बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामको ठूलो गाउँ ।
४.कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा ऊखु बोकेर गुड उद्योगमा जाँदै टाँगा, तराईका जिल्लाहरूमा सामान ओसारपसार गर्न टाँगालाई सवारी साधनको रूपमा प्रयोग गर्ने गरिन्छ ।
३.पर्साको ठोरी गाउँपालिको ओडारमा चैते धान रोप्दै किसान । पर्सा जिल्लाको उत्तरी भेगका किसानले वर्षमा दुई बाली धान र एक बाली गहुँ उत्पादन गर्ने गरेका छन् ।
२.भक्तपुर नगरपालिका–४, कुम्हाले टोलमा खुत्रुकेमा रातो माटोको रङ्ग लगाउँदै महिला ।
१.म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा लालीगुराँस फूलेपछिको रमणीय दृश्य ।

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested