English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले, यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

साताका २१ तस्विर

१. बागलुङको ताराखोला गाउँपालिका–५ मा गिट्टी कुट्दै महिला । यहाँका महिला गिट्टी कुटेर आफ्नो जीविका चलाउँछन् ।
२. म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा गोरुले बारी जोतेर मकै छर्दै गरेका स्थानीय किसान ।
३. भक्तपुर नगरपालिका–४, तालक्वमा परालको सुकुल बुन्दै एक वृद्ध । खेतीपातीको काम गर्न नसकेपछि सुकुल बुन्ने काम गरेको उहाँ बताउँछन् ।
४. दार्चुलाको नौगाड गाउँपालिका–१ का स्थानीय महिला अल्लो बिक्री गर्न बोकेर सदरमुकाम खलङ्गा बजार लैजाँदै । जङ्गलमा पाइने अल्लो सङ्कलन गरे बापत स्थानीयवासीले प्रतिकिलो १ सय रुपैयाँ पाउने गरेका छन् ।
५. ठूलीभेरीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनै बजार ।
६. शुक्लाफाँटा नगरपालिका–३ का बासिन्दा परम्परागत काठको घर निर्माण गर्दै ।
७. नुवाकोटको किस्पाङ गाँउपालिका–१, भाल्चेमा सिँचाइ अभावले बाँझो राखिएको खेत ।
८. भोजपुरको टेम्केमैयुङ ५ चोलन्तीमा काठको ठेकी बनाउँदै चँदारा । स्थानीय भाषामा ‘चँदारा’ भनिने यो पेशामा न्यून ज्यालाका कारण नयाँ पुस्ताको रोजाइमा पर्न छाडेको चँदाराहरू बताउँछन् ।
९. चितवन राष्ट्रिय निकुञ्जमा सोमबार पखेटा फैलाउँदै मयूर ।
१०. गोरुगाडामा चढेर चितवनको सौराहा घुम्दै विदेशी पर्यटक ।
११. म्याग्दीको बेनी नगरपालिका–१ सालघारीस्थित आरनमा कृषि औजार बनाउँदै स्थानीय ।
१२. काठमाडौं महानगरपालिका वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माण भइरहेको भ्यु टावर । भ्यु टावर निर्माणका लागि बसपार्क हटाएको वर्षाैं बिते पनि सम्पन्न हुनसकेको छैन ।
१३. कञ्चनपुरको महाकाली नदीमा गिट्टी र बालुवा छान्दै महिला । आयस्रोत न्यून भएका नागरिक बगरमा बालुवा÷गिट्टी छानेर त्यसबाट आएको रकमले जीविका चलाउँदै आएका छन् ।
१४. भक्तपुर नगरपालिका–५ खल्लामा इनार छोप्ने ढुङ्गामा बुट्टा कोर्दै ज्येष्ठ नागरिक । विगत ५५ वर्षदेखि उहाँले ढुङ्गामा बुट्टा कोर्ने काम गर्दै आएका छन् ।
१५. युक्रेनको राजधानी किभमा रहेको युक्रेनी राजधानीका संरक्षक सेन्ट माइकलको प्रतिमामा परेवा बसेको ।
१६. टेक्सासको अक्सफोर्ड ड्राइभस्थित आँधीले पुर्याएको क्षति ।
१७. दक्षिण कोरियाको राष्ट्रपतिको ब्लु हाउस ।
१८. भारतको मध्य प्रदेश राज्यको इन्दोरमा होलीको दृश्य ।
१९. यमनका बालबालिका पानीका लागि पर्खंदै ।
२०. नामिबियाको ब्वाबवाटा राष्ट्रिय निकुञ्जका बाँदर ।
२१. अफगानिस्तानको बामियान प्रान्तमा बस्ने गुफामा बसेका मानिस ।

तस्वीर : रासस, एपी, एएफपी, सिन्ह्वा

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र