English

हाइकिङबाट नगरकोटको मजा



काठमाडौँबाट जम्मा ३२ किलोमिटर पूर्वमा पर्छ नगरकोट । काठमाडौं बस्नेहरू एक न एक पटक नगरकोट पुगेकै हुन्छन् । नगरकोटको यात्राका लागि सामान्यतः बस, कार, मोटरसाइकल प्रयोग गरिन्छ । तर, नगरकोट पुग्न हाइकिङको मजा बेग्लै छ । हाइकिङको दृष्टिले यात्रा गर्ने हो भने यो मौसम नगरकोटको यात्राको लागि उपर्युक्त छ । पदयात्रा गर्दै पुगे त्यहाँको बसाइँ थप रमणीय बन्छ ।

उत्तरपूर्वमा रहेको सगरमाथासहितको हिमालयको दृश्य र विशेष गरी सूर्योदय र सूर्यास्तका दृष्यका लागि परिचित नगरकोट हाइकिङ र नाइट आउटको लागि उपयुक्त गन्तव्य हो ।

कसरी जाने ?

हाइकिङका लागि काठमाडौैंको चाबहिलबाट यात्रा सुरु गर्न सकिन्छ । तेलकोटबाट करिब ४ किलोेमिटर उत्तरतर्फ रहेको महामञ्जुश्री नगरकोट नगरपालिकाको नगरकोट गाउँ पुग्न सकिन्छ ।

बिहान ६ बजे चाबहिलबाट लोकल बसमा साँखुको लागि हिँड्ने हो भने एक घण्टामा साँखु पुगिन्छ । चावहिलदेखि साँखुसम्मको दूरी जम्म १३ किलोमिटर हो । साँखुको पुरानो बजारमा ब्रेकफास्ट गरेर तेलकोटको लागि निस्कनुपर्छ ।

हरेक माघमा एक महिना लामो श्रीस्वस्थानी ब्रत मेला लाग्ने पौराणिक कालदेखिको तीर्थस्थल शाली नदी किनार, डाँडाहरूले घेरिएको हरिया फाँट, कच्ची बाटो, पञ्चमहालक्ष्मीस्थान हुँदै तेलकोट पुगिन्छ । साँखुदेखि तेलकोटको दूरी ४ किमि हो । १० बजेतिर तेलकोट पुगिन्छ ।

तेलकोट बजारबाट अब नगरकोटको लागि उकालो पैदलमार्गतर्फ लाग्नुपर्छ । उकालो उक्लदै गर्दा बाक्लो सल्लाका वन, ससाना तामाङ र नेवार बस्तीहरू, गरा खेतहरू अवलोकन गर्न सकिन्छ । तेलकोटदेखि नगरकोट सम्मको पूरी पनि ४ किमि नै हो ।

पुराना माटा र ढुङ्गाका घरहरू, ग्रामीण परिवेश, गाउँबासीहरूको दैनिकी अवलोकन गर्दै करिब १२ बजे नगरकोट पुगिन्छ । नगरकोट पुगेपछि बजार क्षेत्रमा खाना खाएर केहीबेर आराम गरी वरपरको दृष्यवालोकनका लागि हिँड्दा हुन्छ ।

नगरकोट टावर

नगरकोट बजारबाट करिब ३ किलोमिटर पूर्वतर्फ छ नगरकोट टावर । यहाँ नपुगे पदयात्रा अधुरो हुन्छ । टावरबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, रोलवालिङ हिमश्रृङ्खलादेखि शिवपुरी राष्ट्रिय निकुन्ज र ससाना गाउँहरू अवलोकन गर्न सकिन्छ ।

नगरकोट टावरमा पर्यटकहरूले फोटो खिच्न पनि निकै रुचाउने गरेका छन् । करिब १ देखि २ घण्टा टावरमा बिताएर टावर क्षत्र आसपासमा रहेका साना होटलहरूमा खाजा खाएर पुनः ३ किलोमिटर तल नगरकोट बजारमा फर्कनु पर्छ । यति गर्दा साँझ ५ बजिसकेको हुन्छ ।

नगरकोटमा थुप्रै होटल, रिसोर्ट र लजहरू रहेका छन् । पहिल्यै बुकिङ गरेर या सिधै पनि होटल बुक गर्न सकिन्छ । अवस्था हेरेर मँहगा, मध्यम, सस्ता होटलमा बस्न सकिन्छ ।

गर्मीको मौसममा नगरकोटको चिसो वातावरणमा परिवार, साथीभाई वा प्रेमिल जोडीहरूलाई एकदमै पारिवारिक वातावरणको महशुस हुन्छ । बेलुकाको खाना खाएर, क्याम्प फायर र नाचगान गरी दिनभरको थकान मेटाउन सकिन्छ ।

भोलिपल्ट बिहान सूर्योदयको अनुभव लिदै ७ बजे ब्रेकफास्ट गरेर पुनः काठमाडौँका लागि हिँड्नुपर्छ । नगरकोट बजारबाट काठमाडौंका लागि बस अथवा अघिल्लो दिनकै पैदलमार्गबाट फर्किन सकिन्छ ।

के के बोक्ने ?

हाइकिङमा ब्रेकफास्ट, पानी, खाजा, फस्र्ट एड, आदि खरिद गर्न, नगरकोट पुगेर खाना खान, पानी किन्न, खाजा खान, होटल बुक गर्न र भोलिपल्ट बसमा वा हाइकिङ गर्दै काठमाडौँ फर्कन प्रतिव्यक्ति ४ हजार रुपैयाँ बोक्दा हुन्छ ।

जान र आउन गरी करिब ६ घण्टा हिँड्नुपर्ने भएकोले सामान्य स्पोर्टस् जुत्ता लगाउँदा राम्रो । हाइकिङ गर्दा कहिलेकाहिँ चोट लाग्न सक्ने भएकाले फर्स्ट एड बक्स बोक्न नभुल्नुहोला ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested