English

इन्डोर प्लान्टलाई यसरी स्याहार गर्नुहोस्



घरमा बोटबिरुवा लगाउनाले घरको वातावरणमा हरियाली त हुन्छ नै, यसका साथै परिवारको सदस्यहरूको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्छ । बोटबिरुवा हुर्काउनु गाह्रो काम होइन, तर त्यति सजिलो पनि छैन ।

बोटबिरुवा हुर्काउन यससम्बन्धि सामान्य जानकारी हुनुपर्छ । घरभित्र लगाइने केही बोटबिरुवाहरूको हेरचाह कसरी गर्ने त ?

मनि प्लान्ट घरभित्र लगाइने अत्यन्त लोकप्रिय बिरुवा हो । यसलाई माटोमा रोपेर वा पानीमा मात्र राखेर पनि हुर्काउन सकिन्छ । कम पानी, कम प्रकाश, कम मल तथा कमै हेरचाहमा पनि हुर्कने यो बिरुवा घरमा राख्नाले सौन्दर्य, घर वरपरको हावामा शुद्धता प्राप्त हुन्छ । यदि तपाईले पनि घरमा मनि प्लान्ट राख्नुभएको छ भने यी कुराहरूमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

– भुर्भुराउँदो हल्का माटो र राम्ररी हावा जान सक्ने माटो मनि प्लान्टका लागि उपयुक्त हुन्छ । यदि माटो चिम्ट्याइलो छ भने त्यसमा बालुवा, पातपतिङ्गर र मल मिसाएर मात्र बिरुवा रोप्नुपर्छ ।

मनि प्लान्ट

– मनि प्लान्टलाई आवश्यकताभन्दा थोरै पानी दिंदा पनि केही फरक पर्दैन । गर्मी महिनामा ७ दिनमा एकपटक र जाडो महिनामा २ हप्तामा एकपटक पानी हाल्दा हुन्छ ।

– त्यसो त चर्को घाम पनि मनि प्लान्टले धान्न सक्छ । तर, घामको चर्को किरणको कारण पातहरू पहेंलो हुन सक्छन् । त्यसैले, सूर्यको अप्रत्यक्ष प्रकाश आउने ठाउँमा मनि प्लान्ट राख्नुपर्छ ।

– महिनामा एक पटक मनि प्लान्टमा मल हाल्नु पर्छ । मल प्रयोग गर्दा साँझमा मात्र प्रयोग गर्नुपर्छ । दिनको उज्यालोमा मल हाल्दा यसको जरालाई हानी गर्न सक्छ ।

पिसलिली

पिसलिली पनि घरभित्र लगाइने सदाबहार बाह्रमासे बिरुवा हो । यसको पात ठूलो हुन्छ र फुल सानो सेतो रङको हन्छ । कम हेरचाहमा पनि यो बिरुवा हुर्कन्छ । यसमा वरपरको हावा शुद्ध गर्ने गुण हुन्छ । यसको हेरचाह कसरी गर्ने त ?

– पिसलिली रोप्दा गमलामा मलिलो माटो भर्नुपर्छ, साथै पातपतिङ्गरलाई पनि माटोमा मिसाउनु पर्छ ।

– यसलाई अप्रत्यक्ष सूर्यको प्रकाश भएको र छाँया भएको स्थानमा राख्नुपर्छ ।

– पिसलिलीमा ३ देखि ४ दिनमा पानी राख्दा हुन्छ ।

– उवर्राशक्ति बढाउन महिनामा एकपटक मल हाल्नुपर्छ । ४–५ चम्चा कम्पोष्ट मलमा ४–५ चम्चा माटोसँग मिसाएर हाल्नुपर्छ ।

स्नेक प्लान्ट

झट्ट हेर्दा सर्पजस्तो देखिने भएको हुनाले यो बिरुवालाई स्नेक प्लान्ट भनिएको हो । कम हेरचाह भए पनि राम्रोसँग हुर्किने यो बिरुवा हेर्दा निकै आकर्षक हुन्छ । यो बिरुवाले श्वासप्रश्वाससम्बन्धि रोगहरू बढाउने रसायनहरू हटाउने काम पनि गर्छ । यसको हेरचाह कसरी गर्ने त ?

– माटोको गमलामा भुर्भराउदो हल्का माटो भरेर यो बिरुवा रोप्नुपर्छ । प्लास्टिकको गमलामा यो बिरुवा राम्ररी हुर्कन सक्दैन । प्लास्टिकको गमलामा हावा राम्ररी प्रवाह नहुने र पनि सोस्ने क्षमता पनि नहुने भएकोले माटोको गमलामा रोप्न उपयुक्त हुन्छ ।

– सूर्यको प्रकाश प्रत्यक्ष रूपमा नपर्ने ठाउँमा यो बिरुवालाई राख्नुपर्छ ।
– यो बिरुवालाई पानी हाल्दा गमलामा चिसोपन जाँच गरेर मात्र हाल्नुपर्छ । गमलामा भरिएको माटो चिसो छ भने पानी हाल्नु पर्दैन । ३–४ दिनको फरकमा पानी हाल्नु पर्दछ ।
– स्नेक प्लान्टलाई कम्पोष्ट मल महिनामा एक पटक हाल्नुपर्छ ।

सहरमा नयाँ घर बनाउने मध्यमवर्गीयहरू जग्गाको अभावमा घरबाहिर बगैंचाको परिकल्पना गर्न सक्तैनन् । तर, यसरी घरभित्रै पनि बोटबिरुवा लगाएर हरियाली बनाउन सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested