English

मौसम सफा नहुने



तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १ लगायत बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । ‘अझै तीन दिन मौसम सफा हुने अवस्था देखिएको छैन’, विभागले भन्यो ।

रातिको समयमा प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने भई प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, मधेस प्रदेशलगायत र गण्डकी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

यो पनि…
सार्वजनिक यातायातको भाडा वृद्धि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोष कुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्त भएका छन् । देवकोटालाई अध्यक्ष

टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सबाट विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा व्यवस्था